पेरिसको आइफल टावरमा बुद्ध जयन्ती मनाउने तयारी

ZEN Travels

                          पेरिस  । २५६२ औ बुद्ध जयन्ति संसारको सबै भन्दा सुन्दर शहर पेरिसमा धुम धामका साथ मनाउने तयारी भैरहेको छ। येही आउदो ०६ मे २०१८ आइतबारका दिन पेरिस Eiffel Tower को आगनी (Trocadero) मा मनाउने भनिएको छ।
 
 
बुद्ध नेपालमै जन्मिएका हुन भन्ने, बुद्धलाई संसार भर चिनाउने र उनका शान्ति सन्देश छर्नका निम्तीनै शायद संसारको सबै भन्दा बडी प्रयटक आउने ठाउँमा आयोजना गर्ने भनिएको हो। कार्यक्रममा शान्तिका विभिन्न सन्देशहरु, भगवान बुद्ध दर्शनका महावाणीहरु, बुद्ध भगवान नेपालमा जन्मेका थिए जस्ता सन्देश सन्देश प्रवाह गर्दै जयन्ती मनाउन लागिएको हो । भगवान बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम चिर्न बुद्ध नेपालमा जन्मेका थिए जस्ता प्लेकार्डहरु प्रदर्शन गरेर तथा शान्ति पदयात्रामा सहभागी भएर कार्यक्रम सफल पारिदिन आयोजकहरुको आग्रह छ ।
 
 
नेपाली दुताबास पेरिस र सबै नेपाली संघ संस्थाहरु मिली यो कार्यक्रम गर्ने निर्णय भएको हो। सोही दिन १४:३० बजे सम्पूर्ण फ्रान्स बासी नेपालीहरु उपस्थित भैदिनु हुन अनुरोध गर्दै एन.आर.एन.ए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले फेसबुकमा एक सुचना प्रकासित गर्नुभएको छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला