स्पेनमा बिदेशी संग नेपाली नयाँबर्ष मनाउदै

ZEN Travels

 

स्पेन l नेपालीहरु विश्वको जुनकुनै पनि कुनामा बसोबास गरेपनि देशको परिचय विश्वभरी फैलाउनु कुनै कसर बाँकी नराख्ने नेपाली परम्परा नै छ  l

 

स्पेनका  नेपालीहरु यहि तथ्यलाई आत्मसाथ गर्दै  नेपालको पर्यटन र पर्यावरणको प्रबर्दन गर्ने र नयाँ बर्ष  २०७५ सालको शुभकामना आदान प्रदान गर्ने उदेश्यले नेपाली जनप्रगतिशील मंच स्पेनले बार्शिलोना नगरपालिका र सो संग सहकार्य गरिरहेको सांस्कृतिक बिभाग संग सहकार्य गर्दै यहि मिति १४ अप्रिल २०१८  ( बैशाख, १, २०७५ ) शनिबार का दिन  बार्सिलोनाको मुटुमा रहेको SAGRADA FAMILIA चर्चको अगाडी स्वदेशी तथा बिदेशीहरु संग शुभकामना आदान प्रदान तथा  सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ l

 

अन्तर देशीय सास्कृतिक कार्यक्रममा सहभागिता जनाउन स्पेनमा रहेका विभिन्न नेपालि संघ संस्थाहरु संग मंचले  आग्रह गरेको छ l बार्सिलोनाको मुटु मानिने SAGARADA FAMILIA चर्चको अगाडी ( calle Marina / Entre calle provencia y calle mallorca ) खुल्ला आकाश मुनि हुने सो कार्यक्रम मा नेपाल सम्बन्धि सूचना आदान प्रदान, अन्तरदेशीय परिचय आदान प्रदान, नेपाल सम्बन्धि सामग्रीहरुको वितरण, नेपाली कला सस्कृति, भेष, भुषा सहितको सास्कृतिक प्रस्तुतिहरु गरिने मंचका महासचिब अशोक किरण न्यौपानेले जानकारी दिनुभएको छ  l

 

बार्सिलोना नगरपालिका संग सहकार्य गर्दै गरियको उक्त कार्यक्रममा सम्पूर्ण स्पेनबासी नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुमा उपस्थितिको लागि नेपाली जनप्रगतिशील मंच स्पेनले सबैमा अनुरोध गरेको छ l

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला