प्रदेश ४ को परिचय दिदैं चित्रे

ZEN Travels

रामकृष्ण लामिछाने,पर्वत,२४ चैत ।

चित्रे पर्वत पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । यहाँ आन्तरीक तथा वाह्यि पर्यटकहरु आउँने गरेका छन ।
गाउँले आतिथ्यता, अर्गानिक खानेकुरा र मनोरम स्थान रहेका कारण चित्रेमा पर्यटकहरु वस्न औधी मन पराउँछन् । प्रदेश ४ का विभिन्न क्षेत्रमा आवध संचारकर्मी र संचार गृहहरु पनि यहाँको प्रचारप्रसार गर्न लागी परेका छन ।

जिल्ला सदरमुकामबाट ११ किलोमिटर पक्कि सडक र ७ किलोमिटर गोरेटोबाटो हिँडेपछि चित्रे पुग्न सकिन्छ । ‘यहाँ दैनिक १२ सय देखि १५ सय आन्तरिक तथा बाह्य पर्यटकहरु आउछन,उनीहरुलाई स्वागत सत्कार गर्छौ,’ चित्रे ग्रामीण पर्यटन होमस्टेका अध्यक्ष शुशिलादेवी गुरुङ्गले भनीन्न,‘प्रचारप्रसारमा यहाँका सवै लागनु भएको छ ।’
उनी जस्तै स्थानीय शिक्षक मधुसोधन अधिकारीले पनि यहाँका स्थानीय संचार माध्याम चित्रेको प्रचारप्रसारमा लागेको सुनाए ।‘पहिला पहिला यो क्षेत्र विकट र अन्जान जस्तै थियो,अहिले आन्तरीक तथा वाहिय पर्यटकले भरिभराउ भएको छ,‘उनले भने,‘हामीले बिद्यालयका बिद्याथीहरुलाई पनि यहाँको बिबिध क्षेत्रको जानकारी दिदै आउका छौ ।’

यस्तै पाहुनाहरुका लागि स्थानीय स्तरमा उत्पादन हुने खाना लोकल कुखुरा, कोदो, मकैका परिकार लगायतले स्वागत सत्कार गर्ने गरेको स्थानीयबासिन्दा बताउँछन् । चार सय ७८ घरधुरी रहेको चित्रेमा करिव एक सय घर गुरुङ समुदायको छ । २०६६ सालदेखि शुरु गरिएको होम स्टे हाल १५ वटा घरहरुमा उपलब्ध गराइएको छ । होमस्टेमा अहिले एक पटकमा ६५ जनालाई बस्न सक्ने गरि व्यवस्थापन गरिएको छ ।

अग्ला हिमाली डाँडाहरु, मनोरम ग्रामीण परिवेश, दुर्लभ र बहुमुल्य जडिबुटि पाइने पञ्चासेको घना जंगल रहेको पञ्चासे पश्चिमाञ्चल क्षेत्रकै निकै चर्चित पर्यटकीय स्थल हो । जैविक विविधताले भरिएको पञ्चासे आउने पर्यटकहरुले चित्रेको ‘होम स्टे’ मा सहज बसाईको सुविधा पाइरहेका छन ।

यहाँ वाह्य भन्दा आन्तरिक पर्यटकहरु वढि मात्रामा आउने गरेको होमस्टे सञ्चालकहरु वताउँछन् । पछिल्लो समय चित्रेका होमस्टे अध्ययन केन्द्रको रुपमा पनि विकास भएका छन् । ‘हामीले पनि यस क्षेत्रको बारेमा सुनेका थियौ,फेवा चौतारीको एउटा अकं चित्रे लक्षित वनायौ,कार्यक्रमका संचालक हेमराज अधिकारीले, भने,‘यो कार्यले पनि पक्कै चित्रेको प्रचार हुन्छ झै लाग्छ ।’

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला