बाग्लुङको बुर्तिबाङमा सञ्चालीत प्रथम ढोरपाटन महोत्सब दोश्रो दिन जारी

ZEN Travels

छविलाल पाण्डे,बाग्लुङ ।
बाग्लुङको ढोरपाटन नगरपालीका १ बुर्तिबाङ बजारमा सञ्चालीत प्रथम ढोरपाटन महोत्सब आजदोश्रो दिन समेत जारी रहेको छ ।
स्थानीय स्तरमा रहेका कृर्षि प्रर्यटन, र संस्कृर्तिको सम्रक्षण सम्र्बदन गर्ने उदेश्य सहित उधोग बाणिज्य संघ ईकाई बुर्तिबाङको आयोजनामा सञ्चालीत महोत्सब बैसाख १ गते पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचन्डले उद्घाटन गरेसंगै दोश्रो दिनदेखि बिभिन्न कार्यक्रम सुरु भएका हुन् ।
महोत्सबको आर्कषकको रुपमा डेढ दर्जन बढि राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकार, स्थानीय संस्कृर्तिमा आधारीत झांकि, भैलो, सोरथि, रोईला गित नृत्य, पञ्चेबाजा लगाएतका प्रस्तुती रहेका छन् ।
त्यस्तै पश्चिम क्षेत्रमा उत्पादित कृर्षि उपजको प्रदर्शनी, लाईट हेलीमार्फत प्रर्यटकिय स्थलहरुको अवलोकन, लगाएत पुरुष महिला भलीबल, ताराखेल, ४ नम्बर प्रदेश स्तरीय ब्याडमिनटन, राष्ट्रिय सिएचआईटिएफ लगाएत एक दर्जन बढि कार्यक्रमका साथमा बैसाख ७ गते समापन गर्ने गरी कार्यक्रमलाई तिब्रता दिईएको आयोजकले बताएको छ ।
महोत्सबमा पांचहजार बढि दर्जकले अबलोकन गर्ने र अपेक्षाकृत आर्थिक कारोबार हुने आयोजकले अपेक्षा लिएको छ । त्यस्तै १ सय २० स्टलमार्फत फरक फरक तवरका ब्यबसायिक बस्तु बिक्रिका लागि राखिएको हो । महोत्सबका कारण प्रर्यटकिय स्थल ढोरपाटन लगाएत यसक्षेत्रको प्रचार प्रसार र स्थानीय उत्पादन बिक्री बितरण मार्फत मुनाफा आर्जनमा सहयोग पुग्ने स्थानीयको अपेक्षा छ ।

ढोरपाटन महोत्सबमा कृर्षि पर्दशनी तर्फ कृषकको उत्साह ।।
बुर्तिबाङमा सञ्चालीत ढोरपाटन महोत्सबको अबसरमा कृर्षि प्रर्दशनीले समेत प्राथमिकता पाएको छ । कृर्षि प्रर्दशनी अन्र्तगत यसक्षेत्रका कृषकहरुले आलु, बन्दा, केरा, मेवा, मुला, फर्सि, रायो, धनीया, भुंई स्याउ, मेवा, प्रर्दशनीमा राखेका छन् ।
बढिमात्रामा ढोरपाटन नगरपालीका अन्र्तगत वडा नं १ भब्रेटा, वडा नं २ सलामकोट, वडा नं ३ पुर्काट, लगाएत अन्य बिभिन्न स्थानबाट कृर्षि उपज प्रर्दशनिमा राखिएको हो ।
त्यस्तै कृषकहरुले आफुले पालेका खसि, बोहा, गाई भैसिको घिउ, मह, लगाएतका बस्तु प्रर्दशनीमा राखिएको हो ।
प्रर्दशनीमा राखिएका बस्तुमध्य उत्कृष्टताको आधारमा छनौट गरेर कृषकहरुलाई पुरस्कृत गरीने कृर्षि प्रर्दशनी कार्यक्रमका सम्योजक ज्ञानप्रसाद कंडेलले बताउनु भयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला