सिरिया: छानबिनका लागि पश्चिमा शक्तिको प्रयास

ZEN Travels

एजेन्सी ।

सिरियामा भएको रासायनिक हमलाको स्वतन्त्र रुपमा अनुसन्धान गर्न अमेरिका, फ्रान्स र ब्रिटेनले माग गरेका छन् । उनीहरुले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई मनाउन नयाँ प्रयासहरू थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकाको संयोजनमा फ्रान्स र ब्रिटेनले सिरियाको रासायनिक अस्त्र निर्माण गर्ने ठानिएका क्षेत्रहरूमा क्षेप्यास्त्र हमला गरेका थिए । यी तीनै देशले अन्य परिषद् सदस्यहरूलाई मस्यौदा प्रस्ताव समेत पठाएका छन् । उक्त मस्यौदा प्रस्तावमा सिरियामा मानवीय सहायता पुर्याउन र संयुक्त राष्ट्रसंघले नेतृत्व गरेको शान्ति वार्तामा सामेल हुन आह्वान गरिएको छ ।

तर रुसले अमेरिकाले सैन्य कारवाही गरेर गम्भिर गल्ति गरेको भन्दै जाँचबुझविरुद्ध विरोध गर्दै आएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला