चितवनमा घरको छतबाट खसेर मृत्यु

ZEN Travels

चितवन ।

भरतपुर महानगरपालिका–३ बेल्चोकस्थित आफ्नै घरको छतबाट खसेर आज एक जनाको मृत्यु भएको छ ।

चितवन, बैशाख २ । भरतपुर महानगरपालिका–३ बेल्चोकस्थित आफ्नै घरको छतबाट खसेर आज एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार ६५ वर्षीय गोविन्द कँडेलको तीन तलामाथिको छतबाट खसेर मृत्यु भएको हो ।

उच्च रक्तचापको समस्या भएका कँडेल छतको रेलिङ समाएर उभिँदै गर्दा अकस्मात खसेको प्रहरीले जनाएको छ ।

छतबाट खसेर गम्भीर घाइते भएका कँडेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । रासस

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला