शिवालय माध्यामक बिद्यालयमा १ लाख ५० हजारको अक्षयकोष स्थापना

ZEN Travels

रामकृष्ण लामिछाने

पर्वत ।
आफ्नो जन्म दिनको अवसर पारेर पर्वत कुश्मा निवासी समाजसेवी तोयानाथ चालिसेले शिवालय माध्यामक बिद्यालयमा १ लाख ५० हजारको अक्षयकोष स्थापना  गरेका छन । उनले ७८ बर्षको जन्मदिनको अवसरमा आईतबार यहाँ १ लाख ५० हजारको अक्षयकोषक स्थापना गरेका हुन ।‘धेरैले आफ्नो जन्मदिनको उत्सवमा भोजभतेर गर्छन,चालिसेले भने,‘मलाई बिद्यालयको संस्थापक अध्यक्ष हुदाँदेखि यस बिद्यालयको शैक्षिक गुणस्तरबृद्धि गर्ने रहर भएकाले जन्मदिनको खर्च कटाएर अहिले अक्षयकोष स्थापना गरकोे हुँ । समाजसेवी चालिसेले शिवालय माध्यामीक बिद्यालय सञ्चालक समितीका अध्यक्ष ईश्वर गिरी र संस्थापक प्रधानाध्यापक एक नारायण चालिसेलाई अक्षयकोषका लागि चेक हस्तान्तरण गरेका हुन ।

अक्षयकोष स्थापना समारोहमा बोल्दै बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष ईश्वर गिरीले संस्थापक अध्यक्षले गरेको सो कार्यको प्रशसां गरे ।‘प्राप्त अक्षय कोषको सो रकमबाट आउने ब्याजले,हामीले हप्तामा एक दिन प्रावि तहका बिद्यार्थीहरुलाई खाजा खुवाउछौंं । सो अवसरमा चालीसेकी श्रीमती,छोरी,क्याम्पस व्यवस्थापनका अध्यक्ष,समाजसेवी,शिक्षक,अभिभावक,पत्रकार महासंघका अध्यक्ष,उद्योग वाणिज्य सघंका निवर्तमान अध्यक्ष लगायतको उपस्थिती रहेको थियो,बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा समपन्न कार्यक्रमको सञ्चालन शिक्षक राजेन्द्र पहाडीले गरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला