अस्थायी रुपमा बसोबास गरिरहेका नेपालीलाई अमेरीकाले फिर्ता पठाउदैं

ZEN Travels

एजेन्सी ।
अमेरिकाले अफ्नो देशमा अस्थायी रुपमा बसोबास गरिरहेका नेपालीलाई फिर्ता पठाउने तयारी गरेको छ । अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले झण्डै ९ हजार नेपाली आप्रवासीको अस्थायी आवास अनुमति रद्द गर्दै घर पठाउने तयारी गरेको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अवैध रुपमा बस्दै आएका वा अस्थायी बसोबासको स्वीकृति पाएका आप्रवासीलाई घर फर्काउने अभियान अन्तर्गत नेपालीहरुलाई पनि फिर्ता पठाउन लागेको हो । अब झण्डै ९ हजार नेपाली आप्रवासीलाई आउँदो वर्षको जुनदेखि घर फर्काउने तयारीमा अमेरिका लागेको हो ।तीन वर्षअघि गएको गोरखा भूकम्पपछि अमेरिकामा रहेका झण्डै १५ हजार आप्रवासीले टीपीएस अन्तर्गत अस्थायी आवास स्वीकृति पाएका थिए ।
होमल्याण्ड सेक्युरिटी विभागले नेपाली आप्रवासीलाई घर फर्किने तयारीका लागि एक वर्षको समय दिने र त्यसमा पनि नफर्के सन् २०१९ को जुन २४ पछि भने विभाग आफैले घर फिर्ता पठाउने तयारी गरेको त्याहाँको सञ्चार माध्यमले जनाएका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला