सीसीएमसीले अस्पताललाई अक्सिजनको कोटा तोकिदियो

प्रकाशित मिति: २८ बैशाख २०७८, मंगलवार ०३:४७

कोरोना संक्रमितको लागि अक्सिजन अभाव भएको चौतर्फी गुनासोपछि सीसीएमसीले अस्पतालहरुको लागि कोटा निर्धारण गरिदिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले अस्पताललाई अक्सिजनको कोटा तोकिदिएको हो ।

सबैभन्दा धेरै वीर अस्पतालले काभ्रेको नवजीवन उद्योगबाट दैनिक तीन सय सिलिण्डर अक्सिजन पाउनेछ । यस्तै पाटन अस्पतालले सगरमाथा अक्सिजन उद्योगबाट दैनिक दुई सय सिलिण्डर पाउनेछ । यस्तै काठमाण्डौ मेडिकल कलेज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल र एपीएफ अस्पताले दैनिक एक सय ५० सिलिण्डरको कोटा पाएका छन् ।

सीसीएमसीको निर्देशन अनुसार नौ वटा अक्सिजन उद्योगले दैनिक रुपमा तोकिएको कोटाका आधारमा मात्रै अस्पताललाई अक्सिजन दिन पाउनेछन् ।

(Visited 119 times, 1 visits today)

२८ बैशाख २०७८, मंगलवार ०३:४७ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....