कर्णालीमा पहिलोपटक बहुमूल्य दुर्लभ ‘रुख उन्यु’ फेला परेको पुष्टि

  • मेरो जिल्ला
  • / कृषि /
  • २०८२ बैशाख २८, आईतबार (१ महिना अघि)
  • ६९४ पटक पढिएको

कर्णालीमा पहिलोपटक बहुमूल्य दुर्लभ ‘रुख उन्यु’ फेला परेको पुष्टि

कर्णाली प्रदेशमा पहिलो पटक दुर्लभ वनस्पति साइथिया स्पाइनुलोसा (नेपाली नामः रुख उन्यु, स्थानीय नामः रुख डउरे) फेला परेको छ । जिल्लाको दार्मा गाउँपालिका र कपुरकोट गाउँपालिकाका दुई सामुदायिक वनमा थोरै संख्यामा यो विरुवा भेटिएको वनस्पति अनुसन्धान केन्द्र सल्यानले पुष्टि गरेको हो । नेपालमा पाइने साइथिया जातका चार प्रजातिमध्ये साइथिया स्पाइनुलोसा लाई हाल “लिस्ट कन्सर्न“ अर्थात् विशेष जोखिममा नरहे पनि संरक्षण आवश्यक प्रजातिका रूपमा वर्गीकृत गरिएको प्रमुख डा. मित्र पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा पाइने साइथियाका चार प्रजाती साइटिसमा सुचिकृत छन् । ती मध्ये दुइलाइ संकटापन्न, एउटालाइ दुर्लभ र एउटा हराउँदै गइरहेकोमा मूल्याङ्कन गरिएको छ । उपस्थिति र फैलावटको आधारमा साइथिया स्पाइनुलोसा लाइ लिस्ट कन्सर्न प्रजाति मानिएको छ ।


फरक फरक देशहरुले फरक फरक सूचीकृत गरे अनुसार साइथिया स्पाइनुलोसालाई कतै दुर्लभ त कतै थ्रेटन अनि कतै लिस्ट कन्सर्न प्रजाति मानिएको उहाँले बताउनु भयो । नेपालले भने लिस्ट कन्सर्नमा राखेको छ । देश अनुसार बासस्थान पनि थोरै फरक फरक देखिन्छ । नेपालमा यसको उपस्थिति ७५० मिटर देखि २००० मिटर पूर्व र मध्य नेपाल भनिएको छ भने ताइवानमा ३०० मिटरदेखि २५०० मिटरको उचाइमा घना, गाढा जंगलहरूमा पाइन्छ । अब भने यो प्रजाती पूर्व मध्य सँगै पश्चिम नेपालमा पनि रिपोर्ट भएको छ ।


काँडेदार फर्न रूख भनेर चिनिने साइथिया स्पिनुलोसाको परम्परागत औषधि, खाना र सजावट सहित विभिन्न प्रयोगहरू छन्। यसलाई परम्परागत औषधिमा छाला, मिर्गौला र आँखाको संक्रमणको उपचारको लागि र क्यान्सर र मधुमेह तथा क्षय रोगहरूको लागि पनि प्रयोग गरिन्छ। थप रूपमा, यसको पातहरू अचार र तरकारीको लागि प्रयोग गर्न सकिन्छ, र डाँठको गुदि खान योग्य र स्टार्च युक्त हुन्छ। साइथिया स्पिनुलोसालाई सजावटी बोटको रूपमा पनि मूल्यवान मानिन्छ । वनस्पित अनुसन्धान केन्द्र सल्यानले रुख उन्यु लगायत सल्यान र आसपास पाइने दुर्लभ र संकटापन्न विरुवाहरु काकरसिङी, वन चाँप, सुनाखरी, टटेलो लगायतको संरक्षणका लागि सचेतना अभियान तथा सामुदायिक वनमा पुनःरोपणको काम पनि गरिरहेको छ ।
संरक्षणका पहलहरू
वनस्पति अनुसन्धान केन्द्र सल्यानले रुख उन्युसहित अन्य दुर्लभ तथा संकटापन्न वनस्पतिहरू—जस्तै काकरसिङी, वन चाँप, सुनाखरी, टटेलो आदि—को संरक्षण गर्न सामुदायिक वनमा पुनःरोपण र जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको डा. पाठकले बताउनु भयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली