कर्णाली प्रदेश सरकारले निर्माण गरेका बिषादी प्रयोगशाला भवन अलपत्र


कर्णाली प्रदेश सरकारले निर्माण गरेका बिषादी प्रयोगशाला भवन अलपत्र

कर्णाली प्रदेश सरकारले बिषादी परिक्षणका लागि बनाइएका भवन प्रयोगमा नआएर अलपत्र परेका छन । प्रदेश सरकारले सल्यानको कपुरकोट र सुर्खेतको छिन्चुस्थित हर्रेमा प्रविधि सहितको विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने योजनासहित निर्माण गरेका भवन प्रयोगमा नआई अलपत्र परेका हुन । प्रदेश भित्रिने र बाहिरीने तरकारी, फलफूल तथा मासुजन्य बस्तुहरुको बिषादी परिक्षण गर्ने उदेश्य सहित २०७७ सालमा कपुरकोट र हर्रेमा प्रयोगशाला भवन निर्माण गरेको थियो । तर प्रदेश सरकारले प्रयोगशाला भवन सञ्चालनमा ल्याउन नसक्दा भवन पनि अलपत्र परेका हुन । प्रयोगशाला सञ्चालन नभएकै कारण विषादी परीक्षण गर्न नपाउँदा कपुरकोटमा उत्पादित तरकारीलाई ब्रान्डिङ्ग गर्न सकिएको छैन भने किसानलाई पनि समस्या छ ।
यति मात्र होइन, एकैसाथ कपुरकोट र हर्रेमा तथ्यांक व्यवस्थापन प्रबिधि राख्ने तयारी पनि गर्यो । र कपुरकोटमा त झन् २ जना कर्मचारी पनि पठाइसकेको छ । तर, ती कर्मचारी कामविहीन बनेका छन् । मन्त्रालयले प्रयोगशालाका लागि करिव ४ वर्षअघि ३५ लाख रुपैयामा उपकरण पनि खरिद गर्यो । तर, उक्त उपकरणले तत्काल रिर्पोट दिन नसक्ने भन्दै एकीकृत कृषि प्रयोगशाला सुर्खेतमा थन्क्यायो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि प्रयोगशलाले गत आर्थिक बर्ष ८१÷८२ मा पुनः बजेट विनियोजन गरेर थप उपकरण खरिद गरेको छ, ति उपकरण पनि प्रयोगशालामै थन्किएका छन ।


किसानलाई विषादी प्रयोगको उचित ज्ञान छैन । प्रयोगशाला सञ्चालन हुनसके विषादी प्रयोगसम्बन्धी सचेतना पनि बढ्ने अपेक्षा थियो । बेमौसमी तरकारी उत्पादनमा प्रख्यात सल्यानको कपुरकोटबाट वाषिर्क ५२ करोडभन्दा बढिको तरकारी बिक्री हुन्छ भने बाहिरबाट पनि तरकारी, फलफूल र खाद्यन्न जिल्लामा भित्रिन्छ । तर विषादी प्रयोगशाला सञ्चालनमा नआउँदा तरकारी तथा फलफूलमा विषादी मात्रा पुष्टि गर्न समस्या भएका कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माण भएको लामो समय भैसकेको छ, तर सञ्चालनमा आउँन सकेको छैन । प्रदेश सरकारले कर्मचारी पठाएको, तर उपकरण नपठाउँदा समस्या भएको वताउनु भयो । उहाँले भन्नु भयो,“ कपुरकोटमा बिषादी परिक्षण गर्ने भनेर प्रयोगशाला भवन पनि बन्यो, सञ्चालनमा ल्याउनको लागि धेरै पहल पनि गरियो, तर प्रदेश सरकारले ध्यान दिन सकेन, बिषादी प्रयोगशाला सञ्चानमा ल्याएमा यहाँ तरकारी ब्रान्डिङ्ग गर्न सकिने थियो ।


कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशालाका अनुसार भवन निर्माण भए पनि बजेट तथा जनशक्ति नहुँदा प्रयोगशाला सञ्चालन हुन नसकेको हो । प्रयोगशालाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले उपकरण खरिद भएपनि सञ्चान गर्ने जनशक्ति र बजेट अभाव भएको बताउनु भयो । कार्यालयले मन्त्रालयसँग बजेट र जनशक्ति व्यवस्थापनका लागि आग्रह गरिएको बजेट व्यवस्थापन हुने वित्तिकै सञ्चालनमा आउने बताउनु भयो । यता कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता बखत बहादुर खड्काले  प्रयोगशाला सञ्चालनका लागि उपकरण खरिद भैसकेको र यो बर्ष सञ्चालनमा आउने दाबि गर्नुभयो । पहिलेको बजेट अपुग भएकाले मन्त्रालय बाट बजेट थप गरि ६० लाखमा टेण्डर मार्फत उपकरण खरिद गरिएको बताउनु भयो ।

 

चार बर्ष अगाडी खरिद गरिएको उपकरण

 

 

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली