बुधबार बिहान परेको असिना पानीले जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. १, २, ५ का किसानले झन्डै एक हजार रोपनी जग्गामा ब्याबसायिक रुपमा लगाएको तरकारीमा क्षती पुर्याएको छ । बर्षातसंगै परेको बाक्लो असिनाले किसानले लगाएको फल्न थालेको तरकारी बोट र रोप्नका लागि राखेको ब्याडमा क्षती पुर्याएको हो ।
असिनापानीले फल्न थालेको तरकारीमा क्षती पुर्याएपछि तरकारी बिक्रि गरेर बार्षिक ८ देखि १० लाखसम्म कमाउदै आएका वडा नं १ सारपानी, वडा नं २ गर्पा र वडा नं ५ सल्लामका २ सय ५० किसान प्रभावित भएका छन । आयस्रोतको मुख्य माध्यमको रुपमा रहेको तरकारी बाली नष्ट भएपछि कसरी जिविकोपार्जन गर्ने भन्दै किसानहरु चिन्तित भएका छन ।
असिनापानीले किसानले लगाएको तरकारीमा क्षती पुगेपछि कपुरकोट गाउँपालिकाले स्थलगत अनुगमन गरेर क्षतीको विबरण संकलनको तैयारी गरेको छ । बर्षातसंगै बाक्लै परेको असिनाले आफलुे १० रोपनी जग्गामा लगाएको काउली नष्ट भएको कपुरकोट गाउँपालिका ५ सल्लामका प्रदिप बस्नेतले बताउनु भयो । असिनाकै कारण पातहरु सबै सकिएपछि बारीमा काउलीका डाठ मात्र रहेका र फल समेत काम नलाग्ने भएका उहाँले जानकारी गराउनुु भयो । ‘काउली, बन्दा बिक्रि गरेर बार्षिक १० लाखसम्म कमाउदै आएको थिए । त्यसले घर खर्च चलाउन धेरै सहज भएको थियो । असिनाले बाली सबै सखाप पारेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ’ उहाँ भन्नुभयो । असिनाले काउली नष्ट भएका उहाँले क्षतीपुर्तिका लागि सम्बन्धित निकायसंग आग्रह गरेका छन ।
असिनाले आफनो बारीमा फल्न थालेको टमाटर, भेडेखुर्सानी, सिमी, बोडी लगायतका सबै तरकारीमा क्षती पुर्याएको वडा नं. १ सारपानीका किसान उजरसिंह पुनले बताउनु भयो । असिनाले गर्दा कुनै बोट ठाडो नरहेका, बिचैबाट भाचिएका र फल, फुल सबै सखाप भएका उहाँले जानकारी गराउनु भयो । ‘बिउ, बेर्ना, मल , मजदुर खर्च गरी तरकारी लगाउन एक लाख भन्दा बढि खर्च लागेको थियो । अहिले फल्ने बेलामा एउटा बोट गतिलो छैन’ उहाँले भन्नुभयो ‘तरकारीबाटै पाँच ÷छ जनाको परिवारको लालनपालन गरेर २÷४ लाख बचत हुन्थ्यो सबै हरायो’ ।
असिनाले लगाएका तरकारी सखाप बनाउदा वडाका ८०÷९० घर किसान पुर्ण रुपमा प्रभावित भएका वडा नं १ का वडा अध्यक्ष बालाराम खडकाले बताउनु भयो ।। असिनाले पुर्याएको क्षतीको विवरण संकलन भैरहेको उहाँले जानकारी गराउनु भयो । तरकारीका बोट सखाप भएपछि वडा भित्र २५÷३० लाख बढिको क्षती हुन सक्ने अनुमान गरिएको उहाँको भनाई छ ।
कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले असिनाले तीन वडाका झन्डै एक हजार रोपनी जग्गामा किसानले लगाएको तरकारीमा क्षती पुगेकोे बताउनुभयो । फल्न थालेको बेमौसमी तरकारीमा क्षती पुर्याएपछि स्थलगत अध्ययन र क्षतीको विवरण संकलनको तैयारी भैरहेको उहाँले जानकारी गराउनु भयो । कति रकम बराबरको क्षती भयो भन्ने कुरा स्थलगत अध्ययनबाट मात्र थाहा हुने उहाँको भनाई छ ।
उहाँका अनुसार कपुरकोट गाउँपालिका बेमौसमी तरकारीको लागि देशभरी चिनिन्छ । पालिकाका ४ हजार बढि किसान बेमौसमी तरकारी खेतीमा लाग्दै आएका छन र उनीहरुले बार्षिक ४० करोड बढिको तरकारी निकासी गर्दै आएका छन । किसानको मुख्य आयस्रोतको माध्यम नै तरकारी हो । असिनाले तरकारीमा क्षती पुर्याएपछि किसान धेरै प्रभावित छन । स्थलगत अध्ययनबाट पालिकाले किसानलाई क्षतीपुर्ति उपलब्ध गराउन पहल गर्ने उहाँको भनाई छ ।