अभावमा रहेका विपन्न बालबालिकाहरुको सहज पठनपाठनका लागि छात्रावास सञ्चालन गरिएको छ । जिल्लाको शारदा नगरपालिका ५ स्थित तल्लो मार्केमा रहेको जनकल्याण आधारभूत विद्यालयले विपन्न बालबालिकाहरुका लागि छात्राबास सञ्चालन गरेको हो । ३० विपन्न बालबालिकाहरुलाई मध्यनजर गरी छात्रावास सञ्चालन गरिएको सहायक प्रधानाध्यापक वलीले बताउनु भयो । उहाँले भन्नु भयो ‘ चालु शैक्षिक सत्रमा सहारा बिहिन, आथिर्क रुपमा विपन्न ३० बालबालिकालाई छात्राबासमा राख्ने योजना बनाएका छौ । जसमा हालसम्म २५ बालबालिका छात्रावासमा बस्दै आइरहेका छन् ।
आमा बुवा नभएका, आमाले अर्कैसँग विवाह गरी अन्य परिवारका सदस्यसँग आश्रित बालबालिका र आर्थिक रुपमा निकै कमजोर परिवारका बालबालिकालाई छात्रावासका राखिएको वलीको भनाई छ ।
विद्यालयमा अध्ययापन गराउने शिक्षक, विद्यालय व्यवस्थापन समिति, समाजका अगुवाहरुको सहकार्यमा आर्थिक संकलनगरी छात्राबासमा रहेका बालबालिकाहरुको खानपिन तथा आभासको व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर बुढाथोकीले बताउनु भयो । उहाँले भन्नु भयो अहिलेसम्म कुनै निकायबाट पनि आर्थिक सहयोग प्राप्त भएको छ्रैन । यसै विद्यालयमा पढाउने शिक्षक, विद्यालय व्यस्थापन समितिका सदस्यहरुबाट रकम संकलन गरी छात्रावास सञ्चालन गरी रहेका छौं । छात्राबासमा बस्ने बालकालिकाहरुका लागि विद्यालय व्यवस्थापन समिति सदस्य चन्द्रा रेउलेले तीन महिनाका लागि खाना पकाउने, बालबालिकाहरुको सरसफाई गर्ने प्रतिवद्धता जनाउनु भएको छ भने शिक्षक धना रेउले छात्राबासमा नै बसेर साँझ बिहान अतिरिक्त कक्षा पढाउने प्रतिवद्धता जनाउनु भएको उहाँले बताउनु भयो ।
७१ विद्यार्थी अध्ययनरत रहेका विद्यालयमा विपन्नका लागि छात्रावास सञ्चालन गरेपछि गरिब र विपन्न बालबालिका प्रत्यक्ष लाभान्वित भएको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले बताउनु भयो । विद्यालयले साना बालबालिकाको भविश्य प्रति निकै श्रहानिय कार्य गरेको भन्दै छात्रावासका लागि भवन लगायतका अन्य क्षेत्रमा सहयोग गर्ने बताउनु भयो ।