सिद्धकुमाखको सार्वजनिक सुनुवाइ: विकास निर्माणमै केन्द्रित सरोकार

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ जेष्ठ १३, मंगलबार (४ हप्ता अघि)
  • २१० पटक पढिएको

सिद्धकुमाखको सार्वजनिक सुनुवाइ: विकास निर्माणमै केन्द्रित सरोकार

सिद्धकुमाख गाउँपालिका सल्यानले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ  सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना र  प्रकृति मल्टि प्रपोज मिडिया प्रालिको सहजीकरणमा वडा नम्बर ४ काे खार्बन र वडा नम्बर १ काे बाँझकाँडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो। सार्वजनिक सुनुवाइमा  गाउँपालिकामा वर्षभरि सञ्चालन तथा सम्पन्न भएका योजना तथा कार्यक्रम र आय व्ययको बारेमा जानकारी गराउनुका साथै नागरिकका प्रश्न , गुनासा र सम्बोधनलाई समेटिएकाे थियो ।


पालिकाले आव २०८१/८२ मा ३४ करोड ५४  लाख १४ हजार  अनुमानित बजेट ल्याएको थियो । यसमा कुल बजेटको ५३  प्रतिशत खर्च भएको छ । चालुतर्फ ६०.४% प्रतिशत खर्च गरेको पालिकाले पुँजीगततर्फ ३४.२ प्रतिशत खर्च भएको वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै पालिकाले आव २०८१/८२ मा २० लाख ६८ हजार ३१ रुपियाँ राजस्व सङ्कलन गरेको  प्रमुख प्रशासकीय अधिकृत डिल्ली खडकाले जानकारी दिनुभयो । उहाँका अनुसार २९ लाख ३० हजार अनुमान गरिएकोमा अहिलेसम्म ३० लाख आन्तरिक आम्दानीको रकम जम्मा भएको हो । पालिकाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं सेवाको विषयमा सवाल जवाफ भएको थियो ।


कार्यक्रममा सहभागी नागरिकले शिक्षा , स्वास्थ्य, विद्युत, खानेपानी र भौतिक बिकास निर्माणका बारेमा चासोका साथ प्रश्न र जिज्ञासा राखेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरी, उपाध्यक्ष रामबहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत डील्ली खड्का र वडा नम्बर ४ का वडा अध्यक्ष खर्कवीर रोका, वडा नम्बर  १ का वडा अध्यक्ष रमेश चलाउनेले उठेका प्रश्न र जिज्ञासाको उत्तर दिने प्रयास गर्नुभएको थियो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष गिरीले नागरिकको माग र चाहाना अनुसार काम गरेको बताउदै आगामी दिनमा पनि त्यसै अनुसार काम गर्ने बताउनु भयो ।
गाउँपालिकाले विकास निर्माणका योजनामा नागरिकको सहभागिता र पारदर्शिता सुनिश्चित गर्दै आएको र  स्थानीय आवश्यकता अनुसार प्राथमिकता तोकी काम अघि बढाइँने बताउनु भयो ।
उपाध्यक्ष राम बहादुर बस्नेतले विकासको मूल आधार सडक, खानेपानी, स्वास्थ्य र शिक्षा भएको र  यी क्षेत्रमा अझ प्रभावकारी योजना लागू गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनु भयो । नागरिकका सुझाव र गुनासो आत्मासाथ गर्दै आगामी योजना प्राथमिकताको आधारमा निर्माण गरिने बताउनु भयो ।
यस्तै सहभागी वडा अध्यक्षहरुले विकास निर्माण योजनामा जनसहभागिता, गुणस्तर, समयमै काम सम्पन्न गर्ने विषयमा जोड दिएका थिए।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली