पत्रकारितामा लामो समय बिताएका सल्यानका पवन कुमार वलीले नयाँ गीत सार्वजनिक गरेका छन्। “सल्यान टाकुरी, जाल बुनी छेकने , कहाँ छेउ माकुरी” बोलको गीत वलीले आफ्नै शब्द, लय र स्वरमा तयार पारेका हुन्। मोडलिङ समेत स्वयम् वलीले गरेका छन्। गीतमा रिना गुरुङ र रामु खड्काको अभिनय देख्न सकिन्छ। यो गीत उनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सल्यानको साबिक मर्म गाविसमा जन्मिएका वली रेडियो शारदा एफएम सल्यानमा काम गरेका थिए। उनी उज्यालो साप्ताहिकका सम्पादक, पत्रकार महासंघ सल्यानका कोषाध्यक्ष भएर काम गर्नुका साथै, रेडियो तहल्का एफएमका कार्यकारी निर्देशक तथा संस्थापक सदस्य समेत भएर काम गरिसकेका छन । गीतसंगीतमा रुचि राख्ने वलीका यसअघि ‘तिमीलाई के थाहा किन रुन्छु म’ र ‘साइलो दाइ’ जस्ता गीत सार्वजनिक भइसकेका छन्।
हाल कार्यरत वली व्यवसायीक रुपमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा सक्रिय भए पनि लोकभाका संरक्षण र प्रवर्द्धनमा समर्पित छन्। उनले आगामी दिनमा गित संगीत लाई निरन्तरता दिने वताएका छ ।
पूरा गित सुन्न यहाँ क्लिक गर्नुहोला