सल्यानमा लागू औसध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तरास्ट्रिय दिवस जुन २६ सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यलय सल्यानको आयोजनामा लागू औसध नियन्त्रण सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरि सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरिएको हो । प्रमुख जिल्ला अधिकारी साबित्रा पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका समन्वय अधिकारी राजन घिमिरेको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख केशर कुमार न्यौपानले लागु औसध दुरुपयोग एवं ओसारपसार सम्बन्धि बिषयमा प्रस्तुतीकरण दिनुभएको थियो । पछिल्लो समय समाजमा बढदै गैरहेको लागु औषध दुव्र्यवसनी र यसको न्यूनिकरण कसरी गर्न सकिन्छ र यसमा सरोकारवालाहरुको भूमिका के हुन सक्छ भन्ने बिषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।
कार्यक्रमका सहभागिहरुले पछिल्लो समय लागु औषध प्रयोगकर्ताहरु बढदै गैरहेकाले यसलाई कम गर्न सबैको भूमिका महत्वपुर्ण हुने बताएका छन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले अभियानका रूपमा सबैले जिम्मेवारी पूरा गर्नुपर्ने बताउनु भयो। उहाँले समाजमा हुने गलत गतिविधिहरूको विरुद्धमा उभिन र प्रशासनलाई उजुरी दिन आग्रह गर्नुभयो। नागरिकको सुरक्षालाई ध्यानमा राखी उनीहरूले दिएका सूचनाको स्रोत गोप्य राखिने बताउनु भयो। जिल्ला समन्वय अधिकारी राजन घिमिरेले सामाजिक मूल्य र मान्यताहरू समेट्दै सभ्य समाज निर्माणमा लाग्नुपर्ने धारणा राख्नु भयो । त्यसैगरी, सल्यान अस्पतालका डा. बुद्धिनाथ साहले राम्रो मान्छेहरूका सकारात्मक पक्ष लिनुपर्नेमा जोड दिँदै लागू औषधको नियन्त्रणका लागि सरकार, सरोकारवाला निकाय र समाजसेवी सबैको जिम्मेवारी आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत र विद्यार्थी प्रतिनिधिका रूपमा सल्यान बहुमुखी क्याम्पसका कोषाध्यक्ष अस्मिता बस्नेतले सम्बोधन गरेका थिए।त्यस्तै, अन्तरक्रिया सत्रमा विद्यार्थी प्रशान्त शाह र रेनुका बस्नेत, चालक संघ सल्यानका अध्यक्ष रिजाल, गैसस महासंघका सदस्य धनबहादुर नेपाली, नेपाल औषधि व्यवसायी महासंघ सल्यानका महासचिव गंगाराम डिसी लगायतले सहभागिता जनाएका थिए।
उनीहरूले लागू औषध नियन्त्रणमा अभिभावकहरूलाई पनि सचेत बनाउनु आवश्यक रहेको भन्दै सबै मिलेर यो समस्याको समाधान गर्नुपर्ने बताएका थिए।कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन सामाजिक विकास कार्यालयका हरि प्रसाद सापकोटाले गरेका थिए।