सल्यानको दार्मा गाउँपालिको बजेट ४४ करोड ९२ लाख

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ अषाढ १०, मंगलबार (२ हप्ता अघि)
  • १७० पटक पढिएको

सल्यानको दार्मा गाउँपालिको बजेट ४४ करोड ९२ लाख

सल्यानको दार्मा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२⁄८३ का लागि ४४ करोड ९२ लाखको बजेट ल्याएको छ । बजेट पेश गर्दै गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्दले मंगलबार गाउँसभाको १७ औँ अधिवेशमा ४४ करोड ९२ लाख ४६ हजार २१२ रुपैयाकोे बजेट पेश गर्नुभएको हो । आन्तरिक आय रु ३५ लाख, अन्तरसरकारी वित्तिय हस्तान्तरण बाट रु ३६ करोड ३ लाख ५ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व वाँडफाँडबाट रु ८ करोड ३९ लाख ४१ हजार २१२ र अघिल्लो आर्थिक बर्षको बैंक मौज्दातबाट रु १५ लाख रुपैया प्राप्त हुने प्रक्षेपण गरिएको छ । बजेटमा यस बर्ष भुक्तानी हुन नसकेका चालु कार्यक्रम तथा पूजिगत आयोजना भुक्तानीका लागि २ करोड बजेट विनियोजन गरिएको छ । वडा कार्यालयको प्रशासनिक खर्च तथा प्रधानमन्त्री रोजगार कार्यक्रसँग साझेदारी गर्ने गरी साना आयोजनाहरु निर्माणका लागि ९० लाख बजेट विनियोजन गरिएको छ । अन्य बिभिन्न आयोजनाहरु मर्मतसंभारका लागि मर्मतसंभार कोषमा रु १ करोड बजेट विनियोजन गरिएको छ ।

निति कार्यक्रम तथा बजेटमा यस बर्ष पालिकाले कृषि तथा पशु बिकास, सहकारी तथा उद्यम बिकास, शिक्षा, खेलकुद, स्वास्थ्य र सरसफाइ र पुर्वाधारलाई पहिलो प्राथामिकता राखेको छ । बिद्यालयमा शिक्षण सिकाइ अनुदान कार्यक्रममा १ करोड ५० लाख बजेट विनियोजन गरेको छ । यस्तै वन वातावरण, विपद व्यवस्थापन र पर्यटन, न्यायिक समिती योजना र कार्यान्वयन, क्षमता बिकास र सस्थागतमा पनि जोड दिइएको छ । निति कार्यक्रममा दार्मा गाउँपालिकामा उत्पादन वृद्धि गर्दै गाउँमै रोजगारी सिर्जना गर्ने, कृषि क्षेत्रको उत्पादन, बजारीकरण गरी कृषकको आयस्तर सुधार गर्ने, प्रभावकारी सेवा प्रवाह मार्फत सुशासन र मितव्ययीता कायम गर्ने लक्ष्य लिइएको छ ।

आर्थिक, भौतिक, सामाजिक र वातावरणीय क्षेत्रको दीगो पूर्वाधार विकास मार्फत समून्नत र सुदृढ गाउँपालिका बनाई राष्ट्रको विकासमा टेवा पुर्याउने, उपलव्ध स्रोत साधन, श्रम शक्ति, पूँजी र प्रविधिको अधिकतम प्रयोग गरी रोजगारी सिर्जना र गरिबी निवारण गर्ने र विकास साझेदारसँगको निरन्तर सहकार्य मार्फत रोजगारीको अबसर सिर्जना गर्ने लक्ष्य लिइएको छ । सभामा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले २ वटा विधेयक पेश गर्नुभएको छ । आर्थिक विधेयक र विनियोजन (बजेट )विधेयक पेश गर्नुभएको हो । उक्त विधेयक अध्ययन र छलफल पछि गाउँसभा बाट पास गर्नको लागि समय दिइएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली