सिद्धकुमाख गाउँपालिको आर्थिक बर्ष २०८२⁄८३ को बजेट ३५ करोड ३७ लाख

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ अषाढ १०, मंगलबार (२ हप्ता अघि)
  • १५९ पटक पढिएको

सिद्धकुमाख गाउँपालिको आर्थिक बर्ष २०८२⁄८३ को बजेट ३५ करोड ३७ लाख

सल्यानको सिद्धकुमाख गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२⁄८३ का लागि कुल ३५ करोड ३७ लाखको बजेट ल्याएको छ । गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेतले आर्थिक बर्ष २०८२⁄८३ का लागि आगामी आर्थिक वर्ष २०८२÷८३ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । गाउँसभाका सभाध्यक्ष भरत गिरीको अध्यक्षतामा संचालन भएको दोस्रो बैठकमा आगामी आ.व. २०८२÷०८३ का लागि नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न ३५ करोड ३७ लाख विनियोजन गरिएको छ । बजेट पेश गर्दै उपाध्यक्ष बस्नेतले चालु खर्च तर्फ रू.२७ करोड १२ लाख ३० हजार अर्थात ७६ दशमलब ६७ प्रतिशत र पुँजीगत खर्च तर्फ रू.८ करोड २४ लाख ७० हजार अर्थात २३ दशमलब ३३ हुने अनुमान गरिएको छ ।
यस्तै गाउँपालिका तर्फ रु.९ करोड ९० लाख ९१ हजार ४ सय ३८ विनियोजन गरिएको छ । जसमध्ये चालु खर्च तर्फ रु. ६ करोड ५९ लाख ४१ हजार ४ सय ३८ र पुँजीगत खर्च तर्फ रु.३ करोड ३१ लाख ५० हजार रहेको छ ।


बजेटमा शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथामिकता दिइएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा तर्फ रु. २ करोड ५८ लाख १० हजार विनियोजन गरिएको छ भने स्वास्थ्यमा रु.१ करोड ४५ लाख ३० हजार विनियोजन गरिएको छ । यस्तै कृषि तर्फ रु.२६ लाख ३० हजार विनियोजन छ भने पशुपन्छि विकास तर्फ रु.२४ लाख ९० हजार विनियोजन भएको छ । महिला तथा बालवालिका शाखा तर्फ रु.२० लाख, दिगो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना कार्यान्वयनको लागी साझेदारी मार्फत रु.८० लाख ११ हजार ५ सय ६२ विनियोजन गरिएको छ । वडा तर्फ रु.१ करोड ५ लाख विनियोजन भएको छ । संघीय सरकार र प्रदेश सरकार तर्फ शसर्त कार्यक्रम रु.१८ करोड ८६ लाख ३७ हजार विनियोजन भएको छ । सम्पन्न गाउँसभाले आगामी आव २०८२÷८३ मा कार्यान्वयन हुने नीति तथा कार्यक्रम २०८२, बजेट तथा कार्यक्रम २०८२, विनियोजन विद्येयक, २०८२, आर्थिक विद्येयक, २०८२, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विद्येयक, २०८२ सर्वसम्मतले पारीत गरेको छ ।

 

 

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली