बागचौर नगरपालिकाको २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ अषाढ ११, बुधबार (७ महिना अघि)
  • ३८१ पटक पढिएको

बागचौर नगरपालिकाको २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक

सल्यानको बागचौर नगरपालिकाले १४औं नगरसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मङ्गलवार सम्पन्न नगरसभामा नगरप्रमुख जनकराज गौतमले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
नगरपालिकाले आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी सिर्जना, सूचना प्रविधि लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिने जनाएको छ। नगरप्रमुख गौतमका अनुसार “जनताको सेवा प्रभावकारी बनाउन र दिगो विकास सुनिश्चित गर्न योजनाहरू अघि सारिएका छन
गुणस्तरीय शिक्षामा पहुँच वृद्धि, कृषि प्रवर्द्धन र पूर्वाधार निर्माणमा जोड दिइएको छ। बालमैत्री विद्यालय, विज्ञान प्रयोगशालाको स्थापना, तथा शिक्षक व्यवस्थापनका कार्यक्रम समावेश गरिएको छ। स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवा सुधार, सुत्केरी सहायता, स्वास्थ्य संस्थाहरूको स्तरोन्नति लगायतका कार्यक्रम समावेश छन्। नगरले व्यावसायिक कृषि प्रवर्द्धन, बीउबिजन अनुदान, सिंचाइ सुविधा तथा पशुपालन विकासलाई प्राथमिकता दिएको छ। सडक स्तरोन्नति, पुल र खानेपानी आयोजनाहरू सञ्चालन गर्ने योजना रहेको छ। साथै, युवाहरूका लागि रोजगारीमुखी सीप तालिम तथा वैदेशिक रोजगार समन्वय कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। यस्तै स्मार्ट नगर निर्माणको लक्ष्यसहित डिजिटल सेवा प्रणाली विस्तार गरिनेछ। महिलाहरू, दलित, जनजाति, अपांगता भएका व्यक्तिहरूका लागि लक्षित कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली