दार्मा गाउँपालिका, सल्यानमा जल तथा सरसफाइसम्बन्धी विषयमा केन्द्रित हुँदै जल सम्मेलन सम्पन्न भएको छ। दार्मा गाउँपालिकाको आयोजना र कार्यक्रम सहयोग इकाई सुस्वा सुर्खेतको सहजीकरणमा जल सम्मेलन गरिएको हो । यस सम्मेलनमा पालिकाभित्रका २५ वटा खानेपानी तथा सरसफाइ टोल विकास संस्थाहरूको सहभागिता रहेको थियो।
कार्यक्रम अन्तर्गत पालिकास्तरीय उपभोक्ता समिति र मर्मत सम्भार कार्यकर्ताहरूलाई लक्षित गर्दै दिगोपना र सुचारुपनाका लागि कार्यशाला गोष्ठीसमेत आयोजना गरिएको थियो। गोष्ठीमा खानेपानी र सरसफाइको प्रभावकारी व्यवस्थापन, स्रोत संरक्षण, मर्मत सम्भारको दिगो योजना र उपभोक्ता समितिको भूमिकाका विषयमा जानकारी दिइएको सबैका लागि दिगो खानेपानी तथा सरसफाइ स्वच्छता परियोजनाका वास संयाेजक प्रकाश थापाले जानकारी दिनुभयो ।
स्थानीय समुदायमा खानेपानी तथा सरसफाइसम्बन्धी सचेतना अभिवृद्धि गर्नु कार्यक्रमको मूल उद्देश्य रहेको उहाँको भनाइ छ।
उहाँका अनुसार बिधमान खानेपानी तथा सरफाइ योजनाको दिगोपना तथा सुचारुपना कायम राख्न २ दिन सम्म जल सम्मेलन आयोजना गरिएको थियो ! सम्मेलनमा उपस्थित २५ वटै खानेपानी तथा सरसफाइ योजनाहरुले हाल सम्म भएको बर्तमान संरचनाको अवस्था बिश्लेषण , मर्मत तथा सम्भार कोष को अवस्था , बिधमान कार्यबिधीहरु र ग्रामीण मर्मत सम्भार कार्यकर्ता को परिचालन सम्बन्धि व्यापक छलफल गरेका थिए ! सम्मेलनमा बिधमान खानेपानी योजना लाई गाउँपालिकाको सेवा सहायता केन्द्र मार्फत मर्मत सम्भार कार्यबिधी बमोजिम योजनाहरुलाइ आगामी दिनमा सहयोग र समन्वयको लागि २५ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता सँग पालिका ले समझदारी पत्रमा हस्ताक्षर गर्ने भएको छन ! जस अन्तर्गत प्रती धारा रु ५००भन्दा कम लागत लाग्ने मर्मत सम्भार क्रियाकलाप भएमा उपभोक्ता समितिले आफै सबै क्रियाकलाप अगाडि बढाउने, त्यसै गरि प्रती धारा रु ५०१ देखि रु १००० सम्म भएमा ७०% प्रतिशत उपभोक्ता ले ब्यहोर्ने र ३०% ले पालिकाले ब्यहोर्ने , यस्तै प्रती धारा रु १००० माथी लागत लाग्ने मर्मत सम्भारका लागि ५०% उपभोक्ता र ५०% गाउँपालिकाले ब्यहोर्ने छन । यस्तै ठूलो मर्मत / पुनस्थापना आयोजनाको हकमा ८०% पालिका/संघ/ प्रदेश सरकार मार्फत बाट बजेट बिनियोजन गर्ने र २०% उपभोक्ताले ब्यहोर्ने समझदारी भएको छ । सोही कार्यक्रममा १२ बुदे पालिकाको सामुहिक प्रतिबद्धता पनि जारी गरिएको छ । बिद्यमान योजना मध्य हाल सम्म उच्च रकम मर्मत सम्भार कोष स्थापित तीन वटा उपभोक्ता लाई सम्मान पत्र दिइएको थियो । २५ वटा उपभोक्ता समिति मध्ये खानेपानी प्रणालीको सेवा प्रवाहमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने तीन मर्मत सम्भार कार्यकर्तालाई पनि सम्मान पत्र दिइएको थियो ।
पालिकाको नीति नियम बमोजिम पालिका जलश्रोत समितिमा दर्ता भएका उपभोक्ता समितिहरुलाइ प्रमाणपत्र बितरण गरिएको हो !!
कार्यक्रमको अध्यक्षता दार्मा गाउँपालिकाका उपाध्यक्ष जुना मल्ल ले गर्नु भएको थियो भने सहजीकरण सुस्वा आयोजना सुशासन बिज्ञ इ. निराजन श्रेष्ठ र प्रदेश सेवा सहायता केन्द्र वास अफिसर धर्मराज छन्याल र पालिका वास युनिटका संयोजक प्रकाश थापा र वास सहजकर्ता पुस्पा केसी ले गर्नु भएको थियो ! कार्यक्रममा उपभोक्तासमितिले आफ्नो आफ्नो खानेपानी प्रणालीको मर्मत तथा सम्भार का लागि कार्ययोजना निर्माण गरेका छन । कार्यक्रमको समापन सत्रमा आगामी दिनमा खानेपानीको योजनालाई दिगोपना र सुचारुपना कायम राख्न १२ बुदे सामुहिक प्रतिबद्धता सहित सामुहिक हस्ताक्षर गरिएको हो !
उहाँ सरिता मेरो जिल्ला डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |