कुमाख गाउँपालिका –१ मा उत्कृष्ट जनशक्तिलाई सम्मान गरिएको छ । वडा नम्बर १ काे कार्यालयमा विभिन्न क्षेत्रका १३ जना उत्कृष्ट जनशक्तिलाई सम्मान गरिएको हो । सम्मानित हुने सबैलाई रु १,५०० बराबरको प्रोत्साहन पुरस्कार र फ्रेमसहित प्रशंसा–पत्र प्रदान गरिएको थियो। सम्मानित व्यक्तिहरूमा वडा मेलमिलाप समितिका रामकुमार लामिछाने, युवा सञ्जालका हेमन्त हमाल, स्वास्थ्य क्षेत्रकी रिता बस्नेत, कृषक, व्यवसायी, शिक्षक र विद्यार्थीहरू रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी, विशिष्ट अतिथि रोजगार संयोजक जिवन शर्माको उपस्थितिमा जनशक्तिलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले स्थानीय तहका सक्रिय जनशक्तिलाई सम्मान गर्नु कर्तव्य भएको र समुदायमा सकारात्मक प्रभाव पार्ने वताउनु भयो ।
सम्मान कार्यक्रममा रोजगार संयोजक शर्माले समाज मा उत्कृष्ट नागरिक पहिचान सम्मान गरिनु महत्वपूर्ण रहेको र यसले उनीहरूमा थप उत्साह जगाउने बताउनु भयो । कार्यक्रम कोअध्यक्षता गर्नुभएका वडा अध्यक्ष वडा अध्यक्ष डिल्ली बहादुर रानाले यो कार्यक्रम वडाको वार्षिक परम्पराका रूपमा निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा वडा सदस्य, महिला तथा दलित प्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, युवा तथा स्थानीय जनसमुदायको सहभागिता सहभागीता रहेको थियो ।