बेरुजु फर्छ्यौटकाे नेतृत्व गर्दै त्रिवेणी गाउँपालिका प्रदेशकै उत्कृष्ट स्थानीय तहमा

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ अषाढ १७, मंगलबार (१ हप्ता अघि)
  • ७८ पटक पढिएको

बेरुजु फर्छ्यौटकाे नेतृत्व गर्दै त्रिवेणी गाउँपालिका प्रदेशकै उत्कृष्ट स्थानीय तहमा

लेखापरीक्षणका क्रममा सबैभन्दा बढी बेरुजु फर्छ्यौट गर्दै आर्थिक पारदर्शिता प्रदर्शन गर्न सफल त्रिवेणी गाउँपालिका कर्णाली प्रदेशकै उत्कृष्ट स्थानीय तहको रूपमा सम्मानित भएको छ।

महालेखापरीक्षकको कार्यालयले ६७औं वार्षिक उत्सवको अवसरमा त्रिवेणी गाउँपालिकालाई प्रशंसा पत्र प्रदान गर्दै लेखापरीक्षण सुधारमा देखाएको उल्लेखनीय कार्यको कदर गरेको हो।

आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणमा गाउँपालिकाले लेखापरीक्षण रकमको तुलनामा न्यूनतम बेरुजु कायम राख्नुका साथै ३ करोड ७९ लाख १३ हजार रुपैयाँ बराबरको बेरुजु फर्छ्यौट गर्न सफल भएको थियो। यो परिणाम कर्णाली प्रदेशभित्रका सबै स्थानीय तहहरूमा सबैभन्दा उत्कृष्ट मानिएको छ।

प्रशंसा पत्र प्राप्त भएपछि त्रिवेणी गाउँपालिकाले सार्वजनिक प्रतिक्रिया दिंदै भनेको छ, “हामीले लेखापरीक्षण सुधारलाई प्राथमिकतामा राख्दै निरन्तर सुधारको बाटो अँगालिरहेका छौं। यो उपलब्धिको श्रेय सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला पक्षहरूको साझा प्रयासलाई जान्छ।”

महालेखापरीक्षकको कार्यालयले सातै प्रदेशबाट एक–एक स्थानीय तह छनोट गर्दै प्रशंसा पत्र प्रदान गरेको हो। कर्णालीबाट त्रिवेणी गाउँपालिका छनोट हुँदा अन्य प्रदेशबाट सोलुदुधकुण्ड नगरपालिका (कोशी), ईशनाथ नगरपालिका (मधेश), मण्डनदेउपुर नगरपालिका (बागमती), अन्नपुर्ण गाउँपालिका (गण्डकी), पाणिनी गाउँपालिका (लुम्बिनी) र पञ्चदेवल विनायक नगरपालिका (सुदूरपश्चिम) सम्मानित भएका छन्।

गाउँपालिकाले आगामी वर्षहरूमा ‘बेरुजु शून्य’ बनाउने लक्ष्यसहित वित्तीय अनुशासन र पारदर्शिता सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली