सल्यानका स्थानीय तहमा सञ्चालित पकेट विकास कार्यक्रमको प्रगति समीक्षा

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ अषाढ २८, शनिबार (५ महिना अघि)
  • १६२ पटक पढिएको

सल्यानका स्थानीय तहमा सञ्चालित पकेट विकास कार्यक्रमको प्रगति समीक्षा

सल्यानका स्थानीय तहमा सञ्चालित पकेट विकास कार्यक्रमको प्रगति समीक्षा गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सल्यानको आयोजनामा बरालामा सम्पन्न कार्यक्रममा प्रगति समीक्षा तथा रिपोर्टिङ गरिएको हो। कार्यक्रममा स्थानीय तहबाट सञ्चालित विभिन्न विकास कार्यक्रमअन्तर्गत कार्यालय र पालिकाले गरेका कार्यहरूको विषयमा जानकारी आदानप्रदान गरिएको थियो। स्थानीय तहका कृषि प्राविधिकहरूले आ–आफ्ना पालिकामा सञ्चालनमा रहेका फलफूल, तरकारी, पशुपालन, कफी लगायतका पकेट क्षेत्रका कार्यक्रमहरूको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सल्यानका प्रमुख केशव बस्नेतले हालसम्म जिल्लामा ९१६२ वटा पकेट क्षेत्र, १६६४ वटा ब्लक, २०६ जोन र २१ सुपर जोन स्थापना भइसकेको जानकारी दिनुभयो। उहाँले पकेट विकास कार्यक्रमले जिल्लामा व्यावसायिक कृषकहरूलाई कृषि विस्तारमा ठूलो टेवा पु¥याएको बताउनुभयो । कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले प्रगति विवरण प्रस्तुत गर्दै अलैँची, महुरीपालन, चक्लाबन्दी, सुन्तलाजातका फलफूल, आलु, कफी, तरकारी तथा रैथाने बालीका पकेट विकास कार्यक्रमलाई थप प्रभावकारी, नतिजामुखी र किसानमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा सहभागी कृषि प्राविधिकहरूले स्थानीय तहबाट सञ्चालित कार्यक्रममार्फत उत्पादन वृद्धि, किसानको आम्दानीस्तरमा सुधार तथा युवा लक्षित कृषि उद्यम प्रवद्र्धन सम्बन्धी प्रस्तुति दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले कार्यालय र स्थानीय तहका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको भन्दै आगामी दिनमा यसलाई अझ सशक्त र परिणाममुखी बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली