
जन्मदिनको अवसरमा छात्रावासका रहेका बालबालिकालाई खाद्यन्न र शैक्षिक सामाग्री सहयोग गरिएको छ । शारदा नगरपालिका २ खलंगा निवासी अन्जना सिंहले आफ्नो जन्मदिनको अवसरमा शारदा नगरपालिका ५ तल्लो मार्केमा रहेको जनकल्यान आधारभूत बिद्यालयको छात्रावासमा रहेका बालबालिकालाई खाद्यन्न र शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । खलंगामा व्यवसाय गर्दै आउनु भएकी सिंहले आफुले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा गरिव विपन्न बालबालिकालाई केही राहात होस भनेर खाद्यन्न र शैक्षिक सामाग्री वितरण गरिएकोे बताउनु भयो । उहाँले बिद्यालयमै पुगेर चामल ३० किलो, दाल ४ किलो, आलु १० किलो, नुन ३ पोका, कापी र कलम २÷२ दर्जन प्रदान गर्नुभएको हो । सहयोग प्रदान गरेकी अञ्जली सिंह वलीलाई विद्यालय परिवारले जन्मदिनको शुभकामना दिँदै धन्यवाद व्यक्त गरेको छ। विद्यालयले आगामी दिनमा यस्तै सहयोगी हातहरूको अपेक्षा गरेको जनाएको छ ।

गरिव विपन्न तथा असाहाय बालबालिकाका लागि शारदा नगरपालिकाले केही समय अगाडी तल्ला मार्केमा रहेको जनकल्यान आधारभूत बिद्यालयमा छात्रावास सञ्चालन गरेको छ । उक्त छात्रावासमा ३० जना बालबालिका रहेका छन ।
विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शारदा नगरपालिका वडा नं. २ का वडाध्यक्ष सविन हमाल, शारदा नगरपालिका वडा नं. ५ का वडा सदस्य कुलबहादुर रेउले, पत्रकार सरिता चलाउने, विद्यालयका प्रधानाध्यापक डिल्लीबहादुर भण्डारी, शिक्षक अभिभावक संघ अध्यक्ष पवित्रा पुन, खाजा व्यवस्थापन समिति अध्यक्ष विमला थापा, पुस्तकालय व्यवस्थापन समिति अध्यक्ष शंकर थापा, पूर्व व्यवस्थापन समिति सदस्य सीता कवर बोहोरा लगायत अभिभावक, शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बुढाथोकीले गरेका थिए भने सञ्चालन सहायक प्रअ कृष्णबहादुर वलीले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि हमाल, वडा सदस्य रेउले, पत्रकार चलाउने लगायतले शुभकामना मन्तव्य राखेका थिए।
