जिल्ला कारागार सल्यानका कैदीबन्दीका लागि योग शिविर संचालन

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ श्रावण ६, मंगलबार (३ महिना अघि)
  • २६९ पटक पढिएको

जिल्ला कारागार सल्यानका कैदीबन्दीका लागि योग शिविर संचालन

जिल्ला कारागार सल्यानमा रहेका कैदीबन्दीहरूका लागि योग शिविर सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कैदीबन्दीहरूको शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउन योग शिविर आयोजना गरेको हो ।
मङ्गलबार बिहान प्रहरी प्रमुख डाक्टर हेम केसीले योग प्रशिक्षण दिएर योग शिविरको सुरुवात गर्नुभएको हो ।
योग शिविरमा कैदीबन्दीहरूलाई तनाव व्यवस्थापन, सकारात्मक सोच विकास, र मानसिक शान्तिका लागि योग शिविर संचालन गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार शिविरमार्फत कारागारमा रहेका कैदीहरूलाई आत्मसुधार र पुनस्र्थापनाको मार्गमा अग्रसर गराउने प्रयास गरिएको हो ।
प्रहरी प्रमुख डिएसपी डा. केसीले कारागारमा रहेका कैदीवन्दीको शारीरिक मात्रै होइन, मानसिक स्वास्थ्य सुधार गर्ने उद्देश्यले योग सञ्चालन गरेको बताउनुभयो । यसले कैदीबन्दीलाई सकारात्मक बाटोमा लैजान प्रहरीले रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । योग शिविरमा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बाबुराम बस्नेतले प्रशिक्षण गराइरहनु भएको छ ।
जिल्ला कारागारमा हाल १२६ जना कैदीबन्दी रहेका छन्, जसमध्ये ११२ पुरुष, १३ महिला र १ जना नाबालिका छन्। उनीहरूमध्ये धेरैजसो लागुऔषध दुव्र्यसन, जवरजस्ती करणी (जजक), मानव बेचबिखन, बहुविवाह, कर्तव्य ज्यान, र ज्यान मार्ने उद्योग जस्ता अभियोगमा सजाय काटिरहेका छन्। तीमध्ये सबैभन्दा बढी जवरजस्ती करणी मुद्दाका कैदी रहेको कारागार प्रशासनले जनाएको छ।
शिविरमा सहभागी कैदीबन्दीहरूले पनि यस्तो कार्यक्रमले आफूहरूलाई मानसिक शान्ति र आत्मनिरीक्षणमा सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली