
सल्यानको पश्चिम क्षेत्रमा लामो सयमसम्म पानी नपरेपछि भुमे देवता पूजा गरिएको छ । बनगाड कुपिण्डे १ अमा्र, घाटगाउँ, बुरेली, बस्नेउरा, माल्चेका स्थानियले लामो समय पछिको खडेरीले खेतीयोग्य जमिन बाझै हुन थालेपछि भुमी देवता पूजा गरेका हुन । उनिहरुले कुमाख गाउँपालिका २ को भुवनेश्वरी मन्दीरको सिद्ध गुफामा पुगेर पुजा गर्दै पानी मागेका छन । लामो समयसम्म पानी नपरेर अहिले सम्म रोपाइ गर्न नपाएको र खेतबारीमा लगाइएका अन्नबाली सुक्न थालेपछि भुमे पूजा गरेर पानी माग गरेको बनगाड कुपिण्डे नगरपालिका १ का वडा सदस्य लोग बहादुर बुढाले बताउनु भयो । उहाँका अनुसार परापूर्वक कालदेखि नै भुवनेश्वरी मन्दीरको सिद्ध गुफामा पुगेर भुमे पूजा गर्दा पानी पर्ने गरेको किम्बदन्ती रहेको छ । विगतमा जस्तै यसवर्ष पनि लामो समय देखि खडेरी परेपछि यहाँ पूजाआजा गरेर पानी मागिएको उहाँले बताउनु भयो । लामो समयसम्म पानी नपर्दा स्थानीयहरुले यस गुफामा पूजा गरेसंगै पानी पर्ने गरेको हुँदा देवताप्रति निकै विश्वास गरेर पुजा गर्ने प्रचलन रहेको उहाँले बताउनु भयो । देवतालाई खुसी पार्न बोका, पाठी, साँढा सहित फुलपातीले तारुपरे सिद्ध लेक, मालिका लेक, भुमिसोर लगायतका क्षेत्रमा पनि पुजा गरिदै आएको प्रचलन रहेको उहाँले बताउनु भयो । पूजाआजा गर्दा गाउँको तर्फबाट बलि पाठो दिने चलन छ । विशेषगरी यस पटक बलि दिनुको मुख्य कारण लामो समयसम्म खडेरी परेकोले पानी माग्नु हो । बलि दिएमा पानी पर्ने जनविश्वास रहेको छ । परापूर्वक कालदेखि नै लामो समय सम्म पानी नपरी खडेरी हुँदा यहाँका भुमे देवतालाई पूजा गर्दा पानी परेको र पूजा गरेपछि पानी परेको किम्बदन्ती अहिलेसम्म पनि यथावत रहेको छ ।

यस बर्ष पनि पानी नपर्दा खेतीयोग्य जमिन बाझै भएको र खेत रोप्न राखिएको धानको व्याड सुक्न थालेपछि मङ्गलबार पुजाआजा गरिएको बताउनु भयो । पानी नपर्दा पश्चिम बनगाँड क्षेत्रमा ५० प्रतिशत मात्र रोपाइ सकिएको छ भने बाकी खेतमा रोपाई हुन नसकेको उहाँले बताउनु भयो । पोहोर साल यो समयमा रोपाई सकिन्थो, यो बर्ष त आधा पनि सकिएको छैन उहाँले भन्नु भयो” “ यस कारण किसानहरु मर्कामा परेका छन, खडेरी परेको लामो समय भैसक्यो, खोलामा पानी सुकिसक्यो, धानको विउ पनि सुकिसक्यो, पुजा गरेका छौ बिश्वास छ पानी पर्छ होला । पानी नपर्दा खोला सुकिसकेको छ भने रोपाई गर्न ठिक्क परेका स्थानिय समस्यामा परेको उहाँले बताउनु भयो ।
पानी नपर्दा व्याडमै सुक्न थाल्यो धान
सल्यानको पश्चिम क्षेत्रमा वर्षा नहुदा धानको व्याड खेतमै सुक्न थालेको छ ।अषाढ अन्तिम र साउनको पहिलो सता यश अघिका वर्षहरुमा धान रोपाइ सकिन्थ्यो ।तर यसपटक भने अषाढ सकिएर पनि साउनको पहिलो हप्तासम्म पानी परेन ।समयमै धान रोप्न नपाउदा किसानलाई पिरोलेको छ ।सिचाइ कुलोमा पानी ल्याए थोरै रोपका खेतमा समेत सिंचाइ नपुग्दा धान सुक्न थालेको छ ।खेतमा पानी पुर्याउन किसानहरुलाइ हानाप छ ।कति ठाउँमा त पानिकै लागि झैझगडा मनमुटाव सुरु भएको छ ।
बनगाड जिउला आसपासको सिरानतिर धेरै वगर खेतहरुमा धान रोपाइ सके पनि भेरि किनार, सल्लीबजर आसपासका क्षेत्रहरुमा धान रोपाइ हुन सकेको छैन ।वालुवासँग्रही खोलामा पनि धान रोपाइ भए पनि रोपेको धानमा किसानले भरपुर सिचाइ गर्न पाएका छैन ।पछिल्लो समयमा बनगाडमा अत्यधिक कम वर्षा भएको छ ।पानी नपर्दा अधिकांश खेतीयोग्य जमिन बाँझै छ ।सुनौली खोलाबाट हुने सिचाइ खेतीयोग्य जमिन कालागाउ,पानसेरा,सुनौली आसपासका खेतहरु पनि बाँझै छन् ।


उहाँ सरिता मेरो जिल्ला डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
