
साउन ८, सल्यान
सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन । बाँकेको नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी जादै गरेको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका वडा नम्बर २ नेटा नजिकै बराही ज्यूलामा दुर्घटना हुँदा १५ जना घाइते भएका हुन । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहिवार दिउँसो भे १ ख ३९९४ नम्बरको गाडि दुर्घटना हुँदा चालक सहित १४ जना घाइते भएको बताएको छ । जसमध्ये ७ जना गम्भीर घाइते भएका छन । गाडी माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा करिव ५० मिटर तल खसेको प्रहरी प्रमुख डाक्टर हेम केसीले बताउनु भयो ।
फोर्स गाडी दुर्घटनामा परि घाईते हुनेमा चालक कुमाख गाउँपालिका ४ घर भएका बर्ष २७ का पारस आचार्य, ३६ का भुपेन्द्र बस्नेत, ६३ का टीकाराम आचार्य, बर्ष ३२ की दीपा बुढाथोकी, नीजकी छोरी बर्ष ६ की कोपिला बुढा,बर्ष १६ का ईन्द्र रावत, बर्ष २६ का डोले बस्नेत, ३५ की निर्मला बुढाथोकी, १० की जेनिसा राना, बर्ष ७ का महेन्द्र बस्नेत, बर्ष ६२ का कालि हमाल र सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका ९ का बर्ष ३१ की तुलसा सुनार रहेका छन ।
दुर्घटनामा परेर चालक आचार्य र एक जना गम्भिर घाईते र अरु सबैको अबस्था मध्यम रहेको प्रनाउ केसिले जानकारी गराउनु भयो । उहाका अनुसार सबै घाईतेलाई स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार गरेर उपचारको लागि नेपालगन्ज पठाईएको छ । फोर्स गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको र सडकदेखि २५ मिटर तल खसेको उनको भनाई छ ।
