नागरिकले शान्ति सुरक्षाको अनुभुती गर्नेगरी काम गर्छु :  प्रहरी प्रमुख केसी

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ श्रावण ९, शुक्रबार (४ महिना अघि)
  • ३१६ पटक पढिएको

नागरिकले शान्ति सुरक्षाको अनुभुती गर्नेगरी काम गर्छु :  प्रहरी प्रमुख केसी

जिल्ला  प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी डाक्टर हेम केसीले नागरिकले शान्ति सुरक्षाको अनुभुती गर्नेगरी कटिबद्ध भएर लाग्ने बताउनुभएको छ । भर्खरै जिल्ला प्रहरी कार्यलय सल्यानको प्रहरी प्रमुखको रुपमा आउनुभएका प्रहरी प्रमुख डाक्टर केसीले  जिल्लाको शान्तिसुरक्षालाई सुव्यवस्थित र अपराधजन्य  घटनालाई कम गरि नागरिकलाई सुरक्षाको अनुभुती गराउने गरि काम गर्ने वताउनु भयो । शुक्रबार पत्रकार सँगकाे परिचयात्मक कार्यक्रममा उहाँले जिल्लामा हुनसक्ने अपराधिक कार्यलाई रोकथाम गर्दै नागरिकलाई सुसूचित गराउँन लागी पर्ने बताउनुभएको हो ।
डिएसपि केसीले वालविवाह न्यूनिकरण गर्न, फरार अपराधिलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन, सामाजिक सञ्जालको दुरुपयोग रोक्न विभिन्न सचेतीकरणका कार्यक्रम गरिने बताउनुभयो । ‘बिद्यालयस्तरमै पुगेर मोवाइल तथा सामाजिक सञ्जालको दुरुपयोगले पार्नसक्ने असरका बारेमा सचेतना फैलाउँने, ट्राफिक सचेतनालाई प्रभावकारी बनाउँने, घरेलुहिंसा जस्ता समाजमा हुने वा हुनसक्ने विकृति रोकथाममा सशक्त ढंगले लाग्ने र विपदको समयमा हुनसक्ने सम्भावित जोखिम न्यूनिकरणका लागि सचेत गराउने बताउनु भयो ।
समग्र शान्ति सुरक्षा कायम गर्नमा पत्रकार र प्रहरीको महत्वपूर्ण भूमिका हुने दाबी गर्नुभयो। उहाँले पत्रकारको साथ बिना प्रहरी सफल हुन नसक्ने भएकाले यसमा दुबैको साथ आवस्यक रहेको औल्याउँनु भयो ।


परिचयात्मक कार्यक्रममा गत ३ आर्थिक बर्षको विभिन्न मुद्दाका बारेमा जानकारी गराइएको थियो । अघिल्लो आर्थिक बर्ष २०८०/०८१ मा प्रहरी कार्यालयमा २५१ वटा विभिन्न प्रकृतिका मुद्धा दर्ता भएकोमा गएको आर्थिक बर्ष २०८१/०८२ मा १८९ वटा मुद्धा दर्ता भएको पाइएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली