
सल्यानमा सुरक्षित महिला सचेतना अभियान कार्यक्रमको सुरुवात गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजनामा पटक सुरक्षित महिला सचेतना अभियान कार्यक्रमको सुरुवात गरिएको हो । पहिलो दिन मंगलबार शारदा नगरपालिका–१ श्रीनगरमामा एक औपचारिक कार्यक्रमको आयोजनाइ गरि अभियान सुरुवात भएको छ ।
महिलाहरूमा सुरक्षा सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम मंगलबार स्थानीय महिलाहरुको सक्रिय सहभागितामा रहेको थियो । महिलाहरूले दैनिक जीवनमा भोग्नुपर्ने हिंसा, उत्पीडन, साइबर अपराध तथा घरेलु हिंसाजस्ता समस्या भोग्नु परेकाले यस सम्बन्धी सचेतना जगाउने उदेश्यले कार्यक्रम गरिएकको जिल्ला प्रहरी कार्यालयका सल्यानका प्रहरी प्रमुख डाक्टर हेम बहादुर केसीले बताउनु भयो । पछिल्लो समय बैदेशिक रोजगार तथा सोसल मिडियाका कारण हिंसाका घटना बढदै गैरहेकाले यसलाई कम गर्नको लागि यो कार्यक्रमको सुरुवात गरिएको बताउनु भयो । उहाँका अनुसार यस्ता घटनामा कसरी कानुनी सहायता लिन सकिन्छ भन्ने विषयमा पनि जानकारी गराइएको थियो। जसले आगामी दिनमा महिला सशक्तीकरण र हिंसाविरुद्धको सचेतना अभिवृद्धिमा सहयोग पुग्ने विश्वास रहेको प्रहरी प्रमुख केसीले बताउनु भयो ।
कार्यक्रममा शारदा नगरपालिकाको उपमेयर सुस्मिता सापकोटाले यो कार्यक्रम अत्यन्त प्रभावकारी रहेकाले आगामी दिनमा प्रहरी र पालिकाले समन्वय र सहकार्यका साथ अगाडी लैजाने बताउनु भयो । उहाँले प्रत्येक गाउँ टालमा यस्तो कार्यक्रम सञ्चालन गर्नुपर्ने र महिला हिंसामा कमी ल्याउन सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा एक सय ५० भन्दा बढि महिलाको सहभागिता रहेको थियो ।


