भदौ ४ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ भाद्र ३, मंगलबार (५ महिना अघि)
  • ३१० पटक पढिएको

भदौ ४ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले भदौ ४ गते बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेशले मंगलबार एक विज्ञप्ति जारी गर्दै भदौ ४ गते कर्णाली प्रदेशभित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्था–संघ÷संस्थाहरु बन्द रहने जनाएको छ । प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८१ साल माघ १७ गतेको निर्णयअनुसार सो दिनलाई सार्वजनिक बिदा दिने व्यवस्था गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
कर्णाली प्रदेशले यस वर्ष पनि आफ्नो स्थापना दिवस विशेष रूपमा मनाउन लागेको छ । शहिदहरूको बलिदानी र सङ्घर्षका कारण प्राप्त कर्णाली प्रदेशको स्थापना दिवसलाई भव्यताका साथ मनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रम तय गरेको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली