(एकीकृत समाजवादी) को स्थापना दिवसमा सरसफाइ र फलफूल वितरण

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ भाद्र ९, सोमबार (५ महिना अघि)
  • २९७ पटक पढिएको

(एकीकृत समाजवादी) को स्थापना दिवसमा सरसफाइ र फलफूल वितरण

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को चौथो स्थापना दिवसको अवसरमा सल्यानमा विविध सामाजिक गतिविधिहरू सम्पन्न भएका छन । पार्टीको जिल्ला कमिटी सल्यानले सोमबार बिहान जिल्ला अस्पताल सल्यान जाने बाटो परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गर्नुका साथै उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको हो ।


कार्यक्रम अन्तर्गत अस्पताल जाने सडकखण्डदेखि अस्पतालको आन्तरिक परिसरसम्मको क्षेत्रलाई व्यवस्थित रूपमा सफा गरिएको थियो । सरसफाइ कार्यमा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता देखिएको थियो ।
स्थापना दिवसको अवसरमा अस्पतालमा उपचार गराइरहेका बिरामीहरूलाई भेटी उनीहरूको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको पार्टीका जिल्ला अध्यक्ष रमेशकुमार गौतमले बताउनु भयो । उहाँका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।

“हामीले पार्टीको स्थापना दिवस केवल औपचारिकतामा सीमित नराखी समाजसेवा र मानवहितका कार्यहरूमा जोड दिनुपर्छ भन्ने सोचका साथ यो कार्यक्रम आयोजना गरेका हौं,“ उहाँले भन्नुभयो । उहाँले समाजवाद स्थापनाको आधार तयार गर्न सबैलाई श्रम, समर्पण र सेवामा जुट्न आग्रह गर्नुभयो । यस्तै पार्टीका केन्द्रिय सदस्य भद्रसिंह बुढाले समाजवादको आधार तयार गर्न सबैलाई श्रममा जोड्नुपर्ने बताउनुभयो ।


स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त प्रमुख डा. बुद्धिनाथ शाहले पार्टीले गरेको सकारात्मक पहलप्रति कृतज्ञता व्यक्त गर्दै अस्पताल प्रशासनको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस्ता कार्यले अस्पताल सेवा र वातावरण सुधारमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा पार्टीका अन्य नेताहरू, युवा संगठन, महिला संगठनका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो । स्थापना दिवसको अवसरमा आयोजित यस्तो सामाजिक सेवामूलक कार्यक्रमले पार्टीप्रति स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली