
सल्यानमा गोठालो गएकी महिलाको भिरबाट लडेर मृत्यु भएको छ । भीरबाट लडेर जिल्लाको बाग्चौर नगरपालिका ९ परिलेखकी २४ वर्षीया गीता ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।भीरबाट लडेर गम्भीर घाइते ओलीको उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनु भयो ।
उहाँका अनुसार घर नजिकैको मोखल्यान सामुदायिक वनबाट बाख्रा चराएर फर्कने बेला सोमबार बेलुकी ७ बजेतिर ओली भीरबाट लडेकी थिइन् । उहाको टाउकामा गहिरो चोट लागेको थियो । ओली भीरबाट ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
