
सल्यानमा जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका १२ तिमिलेबाट श्रीनगर आउँदै गरेको लु १ ज २३६८ नम्बरको जिप शारदा नगरपालिका १२ रेशमजिउला नजिकै बिहीबार बिहान ११ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी शारदा नगरपालिका १३ का १८ वर्षीय सुमन बस्नेत, ३५ वर्षीया झुपि नेपाली, वडा न १२ की २१ वर्षीया सिता रावत, उहाँकी ७ वर्षीया छोरी डोल्मा रावत, ३४ वर्षीया पार्वती बुढा, शारदा नगरपालिका १५ की २४ वर्षीया सावित्रा भण्डारी, त्रिवेणी गाउँपालिका २ की २४ वर्षीया निर्मला गिरी, शारदा नगरपालिका १५ की ८ वर्षीया शिरिसा भण्डारी र २३ वर्षीया दिपा रावत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो ।
यस्तै शारदा नगरपालिका १२ की २१ वर्षीया जानकी गिरी, वडा न १३ की २७ वर्षीया गिराराज गुरु उहाँकी ९ वर्षीया छोरी रियाराज गुरु र ५ वर्षीया छोरी रितुराज गुरु, वडा न १ का २५ वर्षीया शोभा बुढाथोकी, उहाँकी ९ वर्षीया छोरी डिला बुढाथोकी र ६ वर्षीया सुमित्रा बुढाथोकी, २१ वर्षीया सम्झना थापा, उहाँको १८ महिनाकी छोरी स्मारिका थापा र वडा न १३ का १६ वर्षीया जीवन नेपाली रहेका छन् ।
घाइते झुपि नेपाली र पार्वती बुढालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको र अन्नय घाइतेहरुको सल्यान श्रीनगर स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको सुचना अधिकारी बस्नेतले बताउनु भयो । जिप चालक प्रहरीको नियन्त्रणमा रहेको र जिप सडकबाट पाँच मिटर तल खसेको छ । जिप अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको भनाई छ
