
सल्यानमा नयाँ जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीलाई स्वागत गरिएको छ । कर्मचारी मिलन केन्द्र सल्यानले एक कार्यक्रमका बीच नयाँ सरुवा भई आउनु भएका जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीलाई स्वागत गरेको हो । मिलन केन्द्रका अध्यक्ष धिरेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि न्यायाधीश योगी र विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी रहनु भएको थियो ।

उहाँलाई प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी र मिलन केन्द्रका अध्यक्ष भण्डारीले फूलमाला र पुष्प गुच्छा दिएर न्यायाधीश योगीलाई स्वागत गर्नुभएको थियो ।
स्वागत कार्यक्रममा न्यायाधीश योगीले आफूले निस्पक्ष भएर न्याय दिने बताउनुभयो । मिलन केन्द्रका उपाध्यक्ष डा. मित्र पाठकले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा सल्लाहकार, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालय प्रमुख, पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
