संविधान दिवसको अवसरमा सल्यानमा परिसंवाद कार्यक्रम

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ आश्विन ३, शुक्रबार (५ महिना अघि)
  • ३०८ पटक पढिएको

संविधान दिवसको अवसरमा सल्यानमा परिसंवाद कार्यक्रम

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सल्यानमा संविधानसम्बन्धी परिसंवाद कार्यक्रम गरिएको छ। जिल्ला समन्वय समिती सल्यानको आयोजनामा जिल्ला स्तरीय कार्यक्रममा संविधान कार्यान्वयनका चुनौती र सम्भावनाबारे छलफल गरिएको हो।

कार्यक्रममा बोल्ने सहभागीहरूले ठूलो त्याग, तपस्या र जनताको बलिदानबाट निर्माण भएको संविधानको रक्षा सबैले गर्नुपर्ने धारणा राखेका छन । उनीहरूले संविधानमा सबै अधिकार समेटिएको भए पनि कार्यान्वयनमा भने चुनौती रहेको बताएका हुन ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले संविधानमा लेखिएका प्रावधानहरू गलत नभए पनि अभ्यासमा सुधार आवश्यक रहेको बताउनुभयो । उहाले नागरिकको असन्तुष्टिलाई ध्यानमा राख्दै नेतृत्वले काम गरे सुधार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य सनतकुमार शर्माले संविधानको रक्षा र कार्यान्वयनका लागि भएका कामहरू प्रशंसनीय भएको बताउनुभयो । उहाले अबको दिनमा संविधान सबैले गर्व गर्न सक्ने गरी कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।

नेकपा एमालेका सचिव पुस्पा बोहोराले संविधान कार्यान्वयनमा ध्यान नदिँदा वर्तमान अवस्था सिर्जना भएको भन्दै संवाद, सहकार्य र समन्वयबाट मात्र निकास खोज्न सकिने बताउनुभयो ।

नेकपा माओवादी केन्द्र सल्यानका संयोजक मानबहादुर मल्लले नागरिकले सुशासन, भ्रष्टाचार निवारण र विधिको शासन खोजेकाले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति प्रकाश नेपालले संविधानले उत्साह ल्याए पनि पछाडि पारिएका समुदायले न्याय पाउन नसकेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय अध्यक्ष सन्तोषकुमार राईले पटक–पटक बनेका संविधानहरू जनताका लागि महत्त्वपूर्ण भए पनि कार्यान्वयनमा अझै चुनौती रहेको बताउनुभयो । उहाँले इतिहास नभुलेर चुनौती बनेका कुरालाई सच्याउदै लैजान आवश्यक रहेको बताउनु भयो ।

यस्तै नेकपा एकीकृत समाजवादी सल्यानका अध्यक्ष रमेशकुमार गौतमले सबै अधिकार समेटिएको संविधानलाई कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । उहाले हालको परिस्थिति परिस्थिति सबै दलहरूले गम्भीर रूपमा लिनुपर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले जनताका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनमा चुनौती देखिएको बताउनुभयो । संविधानलाई बेवास्ता गर्दा अहिलेको अवस्था सिर्जना भएको उहाको भनाइ थियो।

यस्तै नेपाल एसोसिएसनका सीपी वलीले दल र नौकरशाही सुधार नगरेसम्म संविधानको मर्म जनतासम्म पुग्न नसक्ने बताउनुभयो ।

जिल्ला समन्वय समिती सल्यानका प्रमुख बेलाराम रावलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख असबिर बुढाथोकीले स्वागत मन्तव्य राख्नु भएको थियो भने नेपाल पत्रकार महासंघ सल्यान शाखाका सचिव बुद्धि पुनले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, पत्रकारलगायतको सहभागिता थियो।

छुटाउनु भयो की?

ताजा अपडेट

१ हप्ता अघि

आस कहिल्यै मर्दैन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली