चाडपर्व लक्षित बजार अनुगमनलाई सल्यानमा तीव्रता, म्याद नाघेका सामग्री नष्ट


चाडपर्व लक्षित बजार अनुगमनलाई सल्यानमा तीव्रता, म्याद नाघेका सामग्री नष्ट

चाडपर्वको अवसरलाई ध्यानमा राख्दै उपभोक्तालाई गुणस्तरीय र सुरक्षित वस्तुहरू उपलब्ध गराउनका लागि सल्यानमा बजार अनुगमनलाई तीव्र दिइएको छ । चाडपर्वमा उपभोक्ता ठगिन सक्ने र कालोबजारी बढन सक्ने भन्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यान र जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजनामा जिल्लाका प्रमुख बजार अनुगमन गरिएको हो ।
अनुगमन टोलीले दुई दिनको अवधिमा सिद्धकुमाख गाउँपालिका अन्तर्गत ढोरचौर र मोखला बजार, शारदा नगरपालिका अन्तर्गत समरमुका खलंगा बजार र श्रीनगर बजार क्षेत्रमा अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका सुचना अधिकारी ध्रुव खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा ३७ वटा खुद्रा तथा थोक पसलहरूको निरीक्षण गरिएको हो ।

निरीक्षणका क्रममा केही पसलहरूमा म्याद समाप्त भइसकेका खाद्य सामग्री तथा दैनिक उपभोग्य वस्तुहरू बिक्री वितरण गरिएको भेटिएको उहाँले बताउनु भयो । अनुगमनका क्रममा म्याद नाघेका सामग्रीहरू बरामद गरिनुका साथै ती सामग्रीहरू तत्काल नष्ट गरिएको बताउनु भयो । यस्ता सामग्रीहरूको बिक्री उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल हुन सक्ने भएकाले कडाइका साथ नियन्त्रण गरिने अनुगमन उहाँले बताउनु भयो । अनुगमनमा बरामद गरिएका २१ हजार ६ सय ६५ रुपैया बराबरको सामान नष्ट गरिएको सुचना अधिकारी खत्रीले बताउनु भयो ।


चाडँपर्वमा उपभोक्ताको अधिकारको संरक्षण गर्नु र बजारमा हुने विभिन्न किसिमका अनियमितता—जस्तै मूल्य मनपरी, म्याद नाघेका सामानको विक्री, तौलमा कमी, बिल नदिने जस्ता कार्यहरूलाई नियन्त्रण गर्नका लागि बजार अनुगमनलाई तिव्रता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा बताउनु भयो । उहाँका अनुसार चाडपर्वको बेला बजारमा चाप बढी हुने, विक्रेताले विभिन्न बहानामा मूल्य वृद्धि गर्ने, गुणस्तरहीन वा म्याद नाघेका सामग्री विक्री गरि उपभोक्तालाई ठगिन नदिने उद्देश्यले रहेको बताउनु भयो । अनुगमन कार्यक्रममा सिद्धकुमाख गाउँपालिका, शारदा नगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, सुरक्षाकर्मी, तथा अन्य सम्बन्धित सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । उनीहरूले बजारमा वस्तुको गुणस्तर, मूल्य, पसलमा राखिएका सामाग्रीहरूको ढाँचा, स्वच्छता, र उपभोक्तालाई दिइने सेवा सुविधा आदिको समेत निरीक्षण गरेका थिए।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली