कपुरकोट गाउँपालिकाले पुन निर्माण कोषमा दुई लाख सहयोग गर्ने

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ आश्विन १०, शुक्रबार (३ महिना अघि)
  • १८३ पटक पढिएको

कपुरकोट गाउँपालिकाले पुन निर्माण कोषमा दुई लाख सहयोग गर्ने

जेनजी आन्दोलनका क्रममा भएको क्षति पुनस्निर्माणका लागि कपुरकोट गाउँपालिकाले दुई लाख रुपियाँ सहयोग गर्ने भएको छ।गाउँपालिकाको कार्यपालिकाको बैठकले आन्दोलनका कारण सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पुनस्स्थापना तथा पुनस्निर्माणका लागि कोष स्थापना गर्ने निर्णय गरेको हो। सो कोष नेपाल सरकारले तोकेअनुसार आवश्यक सहयोगका लागि प्रयोग गरिने जनाइएको छ। संविधानको धारा २३२ अनुसार संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व र समन्वयलाई आधार मानेर यो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले शोक सन्देश जारी गर्दै सहिद परिवारप्रति श्रद्धाञ्जली र घाइतेहरूप्रति स्वास्थ्य लाभको कामना गरेका छन्। उहाँले सानो सहयोग भएपनि यसलाई राष्ट्र निर्माणतर्फको सामूहिक प्रतिबद्धताको रूपमा लिनुपर्ने बताउनुभयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली