
सल्यानमा पहिलो पटक नगर बस सञ्चालनमा आएको छ । सदरमुकाम स्थित शारदा नगरपालिकाले जिल्लामा पहिलो पटक नगर बस सञ्चालनमा ल्याएको हो । शुक्रबार श्रीनगर स्थित बसपार्कमा मेयर प्रकाश भण्डारीले नगरबसको सेवा शुभारम्भ गर्नु भएको हो । नेपाली हिन्दुहरुको महान पर्व वडादशैमा पूजाआजा गर्न खैरावाङ भगवती मन्दिरसम्म पुग्न भक्तजनलाई लक्षित गरी शुक्रबारबाट श्रीनगर देखि खैरावाङसम्म नगरबस सञ्चालन गरिएको शारदा नगरपालिकाका प्रवक्ता राजेश कुमार शर्माले बताउनु भयो । मन्दिरसम्म पुग्ने भक्तजनको भिड र यातायातको सहजताका लागि श्रीनगर खैराबाङ नगरबस सञ्चालनमा आएको शर्माको भनाई छ ।

पहिलो चरणमा दशै पश्चात श्रीनगर देखि सदरमुकाम खलंगा नगरबस सञ्चालन गरिने मेयर प्रकाश भण्डारीको भनाई छ । नगरबस नियमित रुपमा चलाएर जनतालाई सेवा दिनु आफ्नो पहिलो कतव्र्य भएको उहाँको भनाई छ । उहाँले भन्नु भयो वडादशै अवधिभर न्युनतम भाडादर रु ५० मा श्रीनगर देखि खैरावाङ मन्दिरसम्मको निर्धारण गरिएको छ ।
विगतमा नगरपालिकाको आन्तरिक राजस्वबाट बस खरिद गरी ग्रामीण र दुगर्म क्षेत्रका नागरिकलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको उहाँको भनाई छ ।

दशैमा मन्दिरसम्म पुग्न महंगोमा अन्य सवारी साधन प्रयोग गर्नु पर्ने बाध्यतामा नगरपालिकाले सस्तो दरमा नै मन्दिरसम्म पुग्न बस सञ्चालन गरेकोमा निकै खुशी लागेको सिद्ध कुमाख गाउँपालिकाकी दुर्गा बुढाथोकीले बताउनु भयो । उहाँले भन्नु भयो मन्दिर जान भनेर श्रीनगर बसपार्क गाडी कुरी रहेकी थिए । ठिक्क त्यहि समयमा शारदा नगरपालिकाले बस सञ्चालन गरेको रहेछ । ५० रुपैयाँले मन्दिरसम्म पुने निकै खुसी लाग्यो ।
यस्तै बिहान श्रीनगरबाट अटोमा २०० सय रुपैयाँ तिर मन्दिरपुग्नु भएकी बागचौर नगरपालिका १० की करुणा पौडेलले मन्दिरबाट ५० रुपैयाँमा नै श्रीगनरबजारसम्म आउन पाउँदा निकै राहत मिलेको बताउनु भयो ।
