सल्यानमा फोर्स गाडी दुर्घटना : ३ जनाको मृत्यु

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ आश्विन १२, आईतबार (३ महिना अघि)
  • २४८ पटक पढिएको

सल्यानमा फोर्स गाडी दुर्घटना : ३ जनाको मृत्यु

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका बाट दाङ घोराई जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी जिल्लाको कपुरकोट गाउँपालिका वडा नं ३ को चोरखोलामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार  मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला रहेका छन । यस्तै दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन । ५ जना सवार गाडी बिहान ४ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि नेपालगन्ज रेफर गरिएको छ । गाडी सडकदेखि ३००/४०० मिटर तल खसेको छ । घाइते हुनेमा १ महिला १ पुरूष रहेका छन । दुर्घटनाग्रस्त  सवार मृतक र घाइतेको नाम, ठेगाना र दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली