सल्यानमा विश्व हुलाक दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता हुने

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ आश्विन २१, मंगलबार (४ महिना अघि)
  • २७८ पटक पढिएको

सल्यानमा विश्व हुलाक दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता हुने

१५१औं विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय सल्यानले विद्यार्थीबीच खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ। हुलाक सेवाको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिने सो प्रतियोगिता असोज २२ गते बिहान ११ बजे जिल्ला हुलाक कार्यालयको सभाहलमा हुनेछ। ‘हुलाक सेवामा सञ्‍चार प्रविधिको प्रवेश’ भन्ने विषयमा आयोजना हुने प्रतियोगितामा सल्यानका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने छन्। विद्यालयले आफ्ना विद्यार्थीको परिचय खुला पत्रका साथ पठाउनुपर्ने र निर्धारित समयमा उपस्थित हुनुपर्ने कार्यालयले जनाएको छ। प्रतियोगिता नेपाली वा अङ्ग्रेजी भाषामा गर्न सकिनेछ। प्रत्येक सहभागीलाई पाँच मिनेट समय तोकिएको छ। प्रतियोगिताको मूल्यांकन जननिर्णायक मण्डलले गर्नेछ। जिल्ला हुलाक अधिकृत चित्तामणि रेग्मीका अनुसार, प्रतियोगिताको माध्यमबाट विद्यार्थीमा हुलाक सेवाप्रति बुझाइ बढाउने र नयाँ पुस्तामा हुलाक प्रणालीबारे रुचि जगाउने प्रयास गरिएको हो। उनका अनुसार, “विज्ञान र प्रविधिको विकाससँगै हुलाक सेवा पनि डिजिटलाइजेशनतर्फ अघि बढेको छ। विद्यार्थीलाई यसको बारेमा जानकारी दिलाउने यो अवसर हुनेछ,” रेग्मीले बताए। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः रु.७,००, रु.५,००, र रु.३,०० सहित प्रमाणपत्र प्रदान गरिनेछ। विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवाको ऐतिहासिक यात्रा, यसको वर्तमान सुधार र डिजिटल हुलाक प्रणालीबारे पनि जानकारीमूलक सत्र आयोजना गरिने बताइएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

१ हप्ता अघि

आस कहिल्यै मर्दैन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली