
सल्यानमा बिहीबार दिउँसो जन्ती बोकेको जीप दुर्घटना हुँदा दुलाह दुलही सहित ११ जना घाइते भएका छन ्। शारदा नगरपालिका–९ ज्वालापुरबाट थापाचौरतर्फ जन्ती लैजाँदै गरेको लु.प्र.०२–००१ ज.००२१ नम्बरको जीप अनियन्त्रित भई करिब २०० मिटर तल खस्दा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल सल्यानमा उपचारका लागि पु¥याइएको छ । प्रहरी निरिक्षक तथा सूचना अधिकारी बाबुराम बस्नेतका अनुसार गम्भीर घाइते हुनेहरूमा शारदा नगरपालिका–१० की ६० वर्षकी गुमी कवर, १४ बर्षकी सोभा कवर रहनु भएको छ ।

यस्तै अन्य घाइतेहरुमा बर्ष १४ की हरीकला कवर, २० वर्षकी दुलही कमला गिरी, २४ वर्षका दुलाह चेतराम गिरी, १८ वर्षका प्रविन कवर, १४ बषकी रेनुका कवर, १७ बर्षकी हेमराज कवर, २६ वर्षका कुमारी बुढाथोकी, ४२ वर्षका प्रमिला गिरी, १५ बर्षिय बिमला गिरी र ३३ बर्षका रुपराल गिरी रहेका छन । सूचना अधिकारी बस्नेतका अनुसार दुर्घटनाको कारण जीप अनियन्त्रित भई सडकबाट तल खस्नु भएको अनुमान गरिएको छ । घटनापछि चालक हरीबहादुर बुढा फरार रहेका छन्, र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
