सल्यान प्रहरीद्वारा जेनजी आन्दोलनका २ सहित ५२ जना पक्राउ

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ कार्तिक ४, मंगलबार (३ हप्ता अघि)
  • ३४८ पटक पढिएको

सल्यान प्रहरीद्वारा जेनजी आन्दोलनका २ सहित ५२ जना पक्राउ

सल्यान प्रहरीको जेनजी आन्दोलनका २ सहित ५२ जना पक्राउ गरेको छ । प्रहरीले फरार प्रतिवादी सहित विभिन्न अवैध गतिविधिमा संलग्न व्यक्ति र सामानहरु नियन्त्रणमा लिइएको हो । हालै मात्रै प्रहरीले ९ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ गरेको छ । छत्रेश्वरी गाउँपालिका–६ लान्तीवाट हलागुऔषध जस्तो देखिने खैरो पदार्थ (ब्राउन सुगर) ९ ग्राम ६५० मिलिग्राम सहित दुई जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही गाउँपालिका–६ का ३६ वर्षीय कृष्णबहादुर वली र शारदा नगरपालिका–२ का २८ वर्षीय संगीत परियार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायव उपरिक्षक डा. हेमबहादुर केसीको कमाण्डमा खटिएको सात सदस्यीय टोलीले उनीहरूलाई दुई मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यस्तै जिल्लाको शारदा नगरपालिका–१ श्रीनगर बजारस्थित ‘स्पन्दन गिफ्ट एण्ड कस्मेटिक पसल’ मा बिक्रीका लागि राखिएका विभिन्न ब्रान्डका ६८ प्याकेट पटका बरामद गरिएको छ।
४८ के.जि. रातो च्याउ बरामद
यस्तै बनगाड कुपिण्डे नगरपालिका–१ सल्ली बजारमा जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ज ३९३८ नम्बरको फोर्स गाडी चेकजाँच गर्दा रातो च्याउ ४८ के.जि. बरामद गरिएको छ। बर्दिया, बारबर्दिया नगरपालिका–८ का ३२ वर्षीय चालक शुकराज बिक सहित गाडी, सामान र चालकलाई आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय अम्रामा पठाइएको प्रहरीले जनाएको छ। यस्तै ९ हजार ४सय के.जि. अवैध सल्लाको आँख्ला बरामद भएको छ । जाजरकोटबाट बाँकेतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख २४९४ र ना.७ ख ९१०० नम्बरका दुई ट्रकबाट कागजात नभएका सल्लाका आँख्ला ९ हजार ४ सय के.जि. बरामद गरेको हो। दुवै गाडीका चालक र सामानलाई कानूनी प्रक्रिया पूरा गर्न डिभिजन वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक वावुराम वस्नेतले जानकारी दिनुभयो । उहाका अनुसार पक्राउ परेकाहरुको थप अनुसन्धान भैरहेको छ ।
औषधी बरामद
प्रहरीले घरेलु मदिरा वनाउन प्रयोग ह’न औषधी बरामद गरेको छ । बनगाड कुपिण्डे नगरपालिका–१ सल्ली बजार नजिक सुर्खेत–जाजरकोट सडकखण्डमा सुर्खेतबाट जाजरकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख ७८२ नम्बरको फोर्स गाडी चेकजाँच गर्दा २१ कार्टुन घरेलु मदिरा बनाउन प्रयोग हुने औषधि (मर्चा) बरामद गरिएको छ। उक्त गाडीका चालक सुर्खेत, बिरेन्द्रनगर–९ का ३६ वर्षीय अमर सिजालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

५४ जना फरार प्रतिवादी पक्राउ
यस्तै, जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनामा विभिन्न मुद्दामा फरार रहेका ५४ जना व्यक्तिलाई पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ । तीमध्ये जेनजी आन्दोलन अन्तर्गत फरार रहेका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला सल्यान बागचौर नगरपालीका वडा नं.०८ गैरीगाउँ बस्ने बर्ष २२ को मिलन बस्नेत कारागार कार्यालय तुलसिपुर दाङबाट गएको असोज २४ गतेको जेन्जी-जेड आन्दोलनको क्रममा जबरजस्ती करणी मुद्दाका थुनामा रहेका फरार प्रतिवादी र जिल्ला सल्यान कपुरकोट गा.पा. वडा.न ३ लामिडाडा बस्ने बर्ष अ.३६ को रोम सिजाली मगर गएको २३ गते भएको जेन्जी आन्दोलनको क्रममा कास्कि,पोखरा कारागार बाट भागि फरार रहेको जबरजस्ती करणि.मुद्दाको कैदी रहेका छन । अन्य फैसला कार्यान्वयनका क्रममा फरार रहेका ५२ जना रहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली