बेवारिसे महिलाको शव ४ दिनदेखि सल्यान अस्पतालको शवगृहमा, कुहिएर दुर्गन्ध फैलिदै

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ कार्तिक ११, मंगलबार (२ हप्ता अघि)
  • ४१३ पटक पढिएको

बेवारिसे महिलाको शव ४ दिनदेखि सल्यान अस्पतालको शवगृहमा, कुहिएर दुर्गन्ध फैलिदै

|Dead body in a mortuary

सल्यानको शारदा नदी किनारमा फेला परेकी एक महिलाको शव ४ दिन बितिसक्दा पनि पहिचान हुन सकेको छैन । उक्त शव अहिले जिल्ला अस्पताल सल्यानको शव गृहमा बेवारिसे अवस्थामा रहेको छ । गएको शनिवार दिउँसो शारदा नगरपालिका–१२ गाइनेटान नजिक, शारदा नदी किनारमा पहिचाल नखुलेकी महिलाको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले शव उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याएको थियो । तर चार दिन बितिसक्दा पनि महिलाको सनाखत हुन नसक्दा शव अस्पतालमै बेवारिसे अवस्थामा छ । पोष्टमार्टम भइसकेको भए पनि कोही आफन्त नआएपछि शव कुहिएर दुर्गन्धीत भएको छ । शव कुहिदा वरपर हिडन नसक्ने अवस्था आएको अस्पतालमा आएका सेवाग्राहीले बताएका छन । दुर्गन्धका कारण अस्पताल परिसर जाने बाटोमा बस्नै नसकिने अवस्था बनेको स्थानीयहरूले बताएका छन । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सम्भावित आफन्तहरू आउँछन् कि भनेर केही समय पर्खिरहेको जनाएका छ । प्रहरी प्रमुख डाक्टर हेम केसीले “यदि कोही आफन्त आएनन् भने कानुनी प्रक्रिया अगाडि बढाएर शवको व्यवस्थापन गर्ने तयारीमा रहेको बताउनु भयो । कोही आफन्त आउँछन की भनेर आज सम्म पर्खिएको हो, उहाँले भन्नु भयो, शव दुर्गन्धीत भैसकेको छ । अव कानुनी प्रक्रिया पुर्याएर छिटै व्यवस्थापन गर्ने छौ । हालसम्म मृतक महिलाको पहिचान खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान जारी रहेको उहाँले बताउनु भयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली