सल्यानमा बहुलाहा कुकुरको टोकाइबाट ६ जना घाइते

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ कार्तिक १२, बुधबार (२ हप्ता अघि)
  • १२०६ पटक पढिएको

सल्यानमा बहुलाहा कुकुरको टोकाइबाट ६ जना घाइते

सल्यानमा बहुलाहा कुकुरको टोकाइबाट ६ जना घाइते भएका छन । जिल्लाको शारदा नगरपालिका–१० पैयाखर्कमा बुधबार बिहान बहुलाहा कुकुरको टोकाइबाट ६ जना घाइते भएका हुन। उक्त कुकुरले फरक–फरक ठाउँमा मानिसलाई आक्रमण गरेर घाइते गराएको स्थानीयहरूले बताएका छन्।
घाइते हुनेहरूमा ५४ वर्षीय तुलाराम चलाउने, २५ वर्षीया पार्वती चलाउने, २० वर्षीय नवीन बुढाथोकी, १९ वर्षीय धमन बुढाथोकी, १५ वर्षीया सर्मिला बोहरा र ७ वर्षीय श्रीस बोहरा रहेका छन्। उनीहरू सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ।
शारदा नगरपालिका–११ का वडा अध्यक्ष कृष्ण बहादुर बोहराका अनुसार सोही गाउँमा उक्त कुकुरले १२ वटा कुकुर र ८ वटा बाख्रालाई पनि टोकेको छ। मानिससहित अन्य पशुमा समेत आक्रमण भएपछि गाउँभर त्रास फैलिएको उहाँले बताउनुभयो।

कुकुरलाई नियन्त्रणमा लिएर नगरपालिकाको पशु शाखाका डाक्टरसहितको टोली घटनास्थलमा खटिएको छ। तर रेबिजविरुद्धको भ्याक्सिनको अभावका कारण उपचारमा समस्या भएको उहाँले बताउनुभएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय र नगरपालिकामा भ्याक्सिन नहुँदा कठिनाइ भएको उहाँले बताउनुभयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली