सल्यानमा ब्राउनसुगर सहित चार युवा पक्राउ

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ कार्तिक १४, शुक्रबार (२ हप्ता अघि)
  • ५४८ पटक पढिएको

सल्यानमा ब्राउनसुगर सहित चार युवा पक्राउ

सल्या प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले १२ गते राति करिब ८स्४० बजे जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सोही स्थानका २१ वर्षीय प्रज्वल केसी, २४ वर्षीय नुर आलम, २६ वर्षीय सुरज रोका, र प्युठान मल्लरानी गाउँपालिका–२ घर भई हाल शारदा नगरपालिका–१ बसोबास गर्दै आएका २४ वर्षीय सन्दीप नेपाली रहेका छन्।
प्रहरीका अनुसार उनीहरूबाट करिब ३ ग्राम तौल बराबरको १५ पुरिया ब्राउनसुगर, प्रयोगमा ल्याइएका तीन वटा मोटरसाइकल रा ४ प ८६३०, रा२ प१९, र रा४ प ३५००, छ थान मोबाइल फोन र नगद रु २४ हजार ५१० रुपैयाँ बरामद गरिएको छ।
पक्राउ परेका युवाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानक नायब उपरीक्षक डा. हेम बहादुर केसीले जानकारी दिनुभयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली