सल्यानमा स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न ज्ञापनपत्र

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ कार्तिक १४, शुक्रबार (२ हप्ता अघि)
  • २१५ पटक पढिएको

सल्यानमा स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न ज्ञापनपत्र

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, सल्यानले न्यायोचित पारिश्रमिक र सामाजिक सुरक्षाको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल नर्सिङ संघको नेतृत्वमा देशभरका नर्सिङ पेशाकर्मीहरूले सुरु गरेको आन्दोलनलाई समर्थन गर्दै महासंघले शुक्रबार जिल्ला प्रशासन कार्यालय सल्यानमार्फत ज्ञापनपत्र हस्तान्तरण गरेको हो। महासंघका जिल्ला अध्यक्ष लोकबहादुर बस्नेतका अनुसार ज्ञापनपत्रमा दुई प्रमुख मागहरू प्रस्तुत गरिएको छ। पहिलो, निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, गैरसरकारी संस्था लगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकायमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने दोस्रो, स्वास्थ्यकर्मी वा कर्मचारीलाई सम्बन्धित रोजगारदाताले अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने माग गरिएको छ। यस्तै, कानुन विपरीत कुनै सम्झौता वा अन्य उपायबाट स्वास्थ्यकर्मीको हक अधिकार हनन नगर्नु पर्ने र यस्तो भएमा सरकारद्वारा कडाइका साथ अनुगमन, नियमन तथा दोषीमाथि कानूनी कारबाही गर्नुपर्ने महासंघको माग छ।
स्वास्थ्य क्षेत्रको अग्रणी संगठनका रूपमा काम गर्दै आएको महासंघले स्वास्थ्य सेवालाई प्रभावकारी र विशिष्टिकृत बनाउन निरन्तर पहल गर्दै आएको जनाएको छ। स्वास्थ्य क्षेत्रका सबल पक्षलाई प्रवर्द्धन गर्दै कमजोर पक्षमा सुधारका लागि रचनात्मक सुझाव दिने आफ्नो प्रतिबद्धता समेत महासंघले जनाएको छ। ज्ञापनपत्र बुझाइसकेपछि अध्यक्ष बस्नेतले स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने माग गर्दै सबल र जिम्मेवार स्वास्थ्य सेवा प्रणाली निर्माणमा महासंघ निरन्तर क्रियाशील रहने बताएका छन्।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली