सल्यानमा अलपत्र बिद्युतीकरणबारे मन्त्री घिसिङलाई दार्मा गाउँपालिका अध्यक्षको ध्यानाकर्षण

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ कार्तिक १६, आईतबार (२ हप्ता अघि)
  • १७१ पटक पढिएको

सल्यानमा अलपत्र बिद्युतीकरणबारे मन्त्री घिसिङलाई दार्मा गाउँपालिका अध्यक्षको ध्यानाकर्षण

सल्यानका विभिन्न स्थानमा लामो समयदेखि अलपत्र परेको बिद्युतीकरण कार्यलाई तत्काल अगाडि बढाउन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रमेश मल्लले काठमाडौंमा मन्त्री घिसिङलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा दार्मा गाउँपालिका र सल्यान जिल्लामा वर्षौं अघि सुरु भएका तर हालसम्म अधुरा रहेका बिद्युतीकरणका काम तत्काल सम्पन्न गर्न माग गरिएको छ । दार्मा गाउँपालिकाका विभिन्न बस्तीमा पोल गाड्ने र वायारिङसम्मको काम सम्पन्न भए पनि ट्रान्सफर्मर अभावका कारण विद्युत् आपूर्ति हुन नसकेको उल्लेख गर्दै आवश्यक सामग्री तत्काल उपलब्ध गराई बत्ति बाल्नुपर्ने माग गरिएको छ । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीका अनुसार, बिद्युतीकरणका कामसँगै जिल्लाको पूर्ण विद्युतिकरण, सडक र अन्य पूर्वाधार विकासका योजना, साथै भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणबारे पनि ध्यानाकर्षण गराइएको छ ।

अध्यक्ष केसीले भने, “यो विषय अत्यन्त गम्भीर छ। मन्त्रीज्यूले सल्यान र दार्माली जनताको विकासका मागलाई प्राथमिकतामा राख्नुपर्छ। ध्यानाकर्षणपछि यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा छ ।” ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री घिसिङले हाल प्राधिकरणमा आवश्यक सामग्री अभाव रहेको जानकारी दिदै विद्युत् नपुगेका क्षेत्रमा ठेक्का प्रक्रिया तयारी अवस्थामा रहेको र कतिपय योजनामा बजेट अभावका कारण ढिलाइ भइरहेको बताउनु भयो । मन्त्री घिसिङले जिल्लामा अलपत्र योजनाहरू क्रमशः अगाडि बढाइने प्रतिबद्धता जनाउँदै स्थानीय तह र सरोकारवालाको सहकार्यमा समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । सल्यानका स्थानीय बासिन्दाले भने लामो समयदेखि पोल गाडिएर बिद्युतीकरणका काम रोकिएपछि निराशा व्यक्त गर्दै सरकारले तत्काल ध्यान दिनुपर्ने बताउदै आएका छन । वायारिङ सम्पन्न भई ट्रान्सफर्मर मात्र बाँकी हुँदा पनि वर्षौं अन्धकारमै बस्नुपरेको स्थानियको गुनासो छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली