जाजरकोट भुकम्प २ बर्ष पुरा : १६ सयले पहिलो किस्ता पाएनन

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ कार्तिक १७, सोमबार (१ हप्ता अघि)
  • ७५ पटक पढिएको

जाजरकोट भुकम्प २ बर्ष पुरा : १६ सयले पहिलो किस्ता पाएनन

जाजरकोटलाई केन्द्रबिन्दु भएर भुकम्प गएको २ बर्ष वितिसक्दा पनि सल्यानका भुकम्प पिडितले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम पाउन सकेका छैनन । जिल्लाका ४ हजार ३ सय ६४ लाभग्राही मध्य दार्मा गाउँपालिकाका १६ सय ९२ लाभग्राहीले पहिलो किस्ताको रकम नपाएका हुन । जिल्लाको दार्मा गाउँपालिकामा भूकम्पपीडित चार हजार ७४ घरधुरी लाभग्राही पहिचान भई विपद् पोर्टलमा प्रविष्ट भइसकेको गाउँपालिकाले जनाएको छ  । तीमध्ये हालसम्म दुई हजार ३ सय ८२ जनाले मात्र पहिलो किस्ताको रकम पाएका छन भने एक हजार ६ सय ९२ जनाले अझै रकम पाउन बाँकी रहेको गाउँपालिकाले जनाएको छ । दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले अनुसार पहिलो किस्ता पाउन बाँकी लाभग्राही तथा दोस्रो किस्ताको भुक्तानी पर्खिरहेका सबै ४,०७४ घरपरिवारका लागि करीब १४ करोड २३ लाख रुपैयाँ आवश्यक छ । २०८० कार्तिक १७ गते राती गएको जाजरकोट भुकम्पले सबै भन्दा बढि दार्मा गाउँपालिकामा क्षती गरेको थियो । बागचौर नगरपालिकामा १ सय ५४, कुमाख गाउँपालिकामा १ सय २४ र त्रिवेणी गाउँपालिकामा १२ घरमा क्षती गरेको थियो । जिल्ला विपद व्यवस्थापन समिती सल्यानले भुकम्प गएका अन्य पालिकामा कम लाभग्राही भएका कारण पहिलो किस्ता वापतको रकम वितरण गरेको र दार्मामा रकम अपुग भएका जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले पहिलो र दोस्रो किस्ता पाउन बाकि रहेका लाभग्राहीको लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागमा पत्राचार गरेको बताउनु भयो । अहिले पनि दार्माका धेरै पीडितहरू अस्थायी टहरामा वा क्षतिग्रस्त घरमा बस्न बाध्य छन् । वर्षा, गर्मी र चिसो समयमा उनीहरू विभिन्न स्वास्थ्य समस्याले ग्रस्त भएका छन् । राहत र पुनर्निर्माण कार्यमा भइरहेको ढिलाइका कारण स्थानीय पीडित थप जोखिममा परेका छन । भूकम्पपीडित अझै खुला आकाशमुनि बस्न बाध्य छन् ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली