सल्यानमा स्क्रब टाइफस फैलिदै : दार्मामा ५१ जनामा पुष्टि

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ कार्तिक १७, सोमबार (१ हप्ता अघि)
  • ७९ पटक पढिएको

सल्यानमा स्क्रब टाइफस फैलिदै : दार्मामा ५१ जनामा पुष्टि

सल्यानमा स्क्रब टाइफसका बिरामी दिनप्रतिदिन बढदै गएका छन । पहिला सिमित मात्रामा भेटिएको स्क्रब टाइफस अहिले जिल्लाका बिभिन्न स्थानमा फैलिएको छ । ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि दार्मा गाउँपालिकामा स्वास्थ्य सेवा कार्यालय सल्यानले दुईदिने स्वास्थ्य शिविर सञ्चालन समेत गर्यो । शिविरमा उच्च ज्वरो आएका १५८ जनाको रगत परीक्षण गर्दा ५१ जनामा स्क्रब टाइफस र २ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार पहिलो दिन आधारभूत स्वास्थ्य केन्द्र थुम्केसल्लीमा भएको शिविरमा १४६ महिला र १०१ पुरुष गरी २४७ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा ज्वरोका लक्षण देखिएका ६७ जनाको रगत परीक्षण गर्दा २३ जनामा स्क्रब टाइफस र १ जनामा डेंगी पुष्टि भयो । यस्तै, आइतबार त्रिवेणीमा सम्पन्न शिविरमा १११ महिला ५४ पुरुष गरी १६५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। उच्च ज्वरोका ९१ जनाको रगत परीक्षण गर्दा २८ जनामा स्क्रब टाइफस र एकजनामा डेंगी पुष्टि भएको रिजालले बताउनु भयो । दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले पछिल्ला केही दिनयता गाउँपालिका तथा आसपासका क्षेत्रमा उच्च ज्वरो र अज्ञात रोगका कारण स्थानीयहरू प्रभावित भएपछि रोगको पहिचान र नियन्त्रणका लागि शिविर सञ्चालन गरिएको बताए बताउनु भयो । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले हाल गाउँपालिकामा अज्ञात रोगका कारण उच्च ज्वरोका समस्या देखिँदै आएको र चारजनाको मृत्यु भइसकेको बताउनु भयो । उहाँका अनुसार स्थानीयहरूमा त्रास फैलिएको अवस्थामा गाउँपालिकाले स्वास्थ्य जोखिम न्यूनीकरणका लागि शीघ्र पहल थालेको हो।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली