
सल्यान प्रहरीले जिल्ला भित्र अवैधानिक रुपमा सञ्चालन भैरहेका ४ वटा साना जिप गाडी नियन्त्रणमा लिएको छ । भित्री सडकहरुमा सञ्चालन हुँदै आएका गाडीमा नम्बर प्लेट, इन्जिन नम्बर र च्यासिस नम्बर बिलबुकमा उल्लेखित विवरणसँग नमिलेपछि प्रहरीले विभिन्न मितिमा ती गाडी नियन्त्रणमा लिएको हो । नियत्रणमा रहेका जिप गाडीका बिषयमा बुधबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिल्लाको शारदा नगरापालिका १ श्रीनगर–रुकुमचोक स्थित सल्यान रुकुमको पक्की सडकखण्डमा नम्बर फरक देखिने गाडी चलेका छन् भन्ने सूचनाका आधारमा चेकजाँच गरिएको थियो । चेकजाँचका क्रममा केही गाडीमा इन्जिन र च्यासिस नम्बर डिलिट गरिएको, केहीमा नम्बर प्लेटमा अंक मिलान नभएको, केहीमा बिलबुकमा भएको नम्बर र गाडीमा भेटिएको नम्बर पूर्ण रूपमा फरक रहेको भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवत्ता प्रहरी निरिक्षक पुर्ण केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियन्त्रणमा लिइएका गाडीमा नम्बर नमिलेको , बिलबुकमा रहेको विवरण फरक देखिएका कारण ती गाडी शंकास्पद अवस्थामा देखिएको र थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । उक्त गाडीहरु अवैध रूपमा भित्र्याइएका, चोरी भएका वा नम्बर हेरफेर गरेर चलाइएका हुन सक्ने आशंकामा नियन्त्रणमा लिएको बताउनु भयो । उक्त गाडीहरु राजश्व अनुसन्धान विभाग, कोहलपुल पठाउने तयारी भैरहेको छ । नम्बर हेरफेर, चोरी वा अवैध रुपमा ल्याइएको भए नभएको विषयमा विभाग मार्फत थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । नियन्त्रणमा रहेका गाडी १० बर्ष देखि १८ बर्ष सम्म पुराना रहेको पाइएको छ । प्रहरी प्रमुख डिएसपी डा. हेम केसीले जिल्लामा अन्य गाडीहरु पनि अवैध रुपमा चलिरहेको हुन सक्ने भन्दै कडाइका साथ चेकजाँच भैरहेको बताउनुभयो ।
नियन्त्रणमा परेका गाडीहरू :
१ सवारी नम्बर; भे १ ज १२१४
सवारी किसिम;- हुलास मुस्ताङ MAX 4WD जिप
च्यासिस न.;-H-GFI-OW-MVP-5300544 (बिलबुकमा भएको)
हाल गाडीमा भएको च्यासिस न.;-MA1RJ2AFA32E44560
इन्जिन न.;- TC49000066378X (बिलबुकमा भएको)
हाल गाडीमा भएको इन्जिन न.;-501536 (यस गाडीको दुबै फरक रहेको)
२. सवारी नम्बर ;- मे १ ज १९१२
सवारी किसिम;- हुलास सफारी सोफार जिप
च्यासिस न.;-HQFBQTMUP5300163 (ब्रिलबुकमा भएको)
हाल गाडीमा भएको च्यासिस न.;-MA1RJ4AFA32H48023
इन्जिन न.;- TCH90Q-0519625A (बिलबुकमा भएको)
हाल गाडीमा भएको इन्जिन न.;-AF31H40441 (यस 1 (यस गाडीको दुबै फरक रहेको)
३. सवारी नम्बर ;- रा १ ज ५१०
सवारी किसिम; – महेन्द्र सफारी जिप
च्यासिस न.;-MA1R.J2GAK71J45256 (बिलबुकमा भएको)
हाल गाडीमा भएको च्यासिस न.;- MA1RJ2GAK71J45256
इन्जिन न.;- GA71J27537 ( बिलबुकमा भएको)
हाल गाडीमा भएको इन्जिन न.;- GA71J27537 (इन्जिन न.मा डेन्ट (कुचिएको) भएको) (यस गाडीको दुबै फरक रहेको)
४. सवारी नम्बर ;- भे १ ज ७३५
सवारी किसिम; – टाटा सुमो गोल्ड EX जिप
च्यासिस न.;-MAT446564GEB01286 (बिलबुकमा भएको)
हाल गाडीमा भएको च्यासिस न.;- T3738Y 04 (च्यासिस न.च्यासिसमा नरहेको प्लेटमा ओल्डिङ गरी राखिएको)।
इन्जिन न.;- 497SPTC43BTY603530 (बिलबुकमा भएको)
हाल गाडीमा भएको इन्जिन न.;- 497SPTC43BTY603530
